स्पेनका लोकल गाडीहरुमा,नेपालका पोस्टरहरु टाँसिने


बसन्त रानाभाट,बार्सिलोना/ स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टासिने भएका छन्।जुलाई दोस्रो साता देखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवद्वनका लागि पोस्टरहरु टासिने भएका हुन्। यसका लागि लाग्ने खर्च करिव २ लाख ५० हजार रुपैयाँ (२ हजार १ सय ९० युरो )यहाँका नेपालीहरुले दुई दिनमा नै संकलन गरेका छन्।

कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले बिश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको बताए। उनले भने,” संसारभरबाट पर्यटकहरु यहाँ घुम्न आउँछन्,उनीहरुलाई नेपाल पनि घुम्नका लागि प्रेरित गर्नु हाम्रो लक्ष्य हो। स्पेनको नेपाली समुदायको सहयोगले नै यसलाई साकार पार्दै छौ।”  सामान्यता ४ हजार युरो सम्म खर्च लाग्ने भए पनि संस्थागत पहल पछि ४० प्रतिशत छुट प्राप्त भएको खरेलले बताए।

यस अघि “नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान अन्तर्गत स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा,नेपालीहरुका गाडी,रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको थियो। नेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख  पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। स्पेनबाट मात्रै बर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु नेपाल पुग्ने गरेका छन्। नमुना तस्बिर:-साईग्रेस

पोष्टर टाँस्नका लागि सहयोग गर्ने दाताहरुको नामावली

  • राजन थापा – २०१ युरो
  • दीपक खरेल – १ सय युरो
  • चिन्तामणि सापकोटा – १ सय युरो
  • जीवन /शितल भुर्तेल भुसाल – १ सय युरो
  • पुष्प राज तिमिल्सिना – ५१ युरो
  • तारानाथ ढल्लाकोटी – ५१ युरो
  • मदन कृती आले – ५१ युरो
  • शालिकराम डुम्रे – ५१ युरो
  • गौतम गुरुङ – ५१ युरो
  • शास्त्री टिकाराम – ५१ युरो
  • गान्धी रेष्टुरेन्ट – ५१ युरो
  • मुक्त बहादुर गुरुङ -५० युरो
  • एक राज गिरी -५० युरो
  • गंगाप्रसाद भुसाल- ५० युरो
  • प्रकाश तिमिल्सिना -५० युरो
  • हेम /पेम्बा शेर्पा – ५० युरो
  • सन्तोष श्रेष्ठ – ५० युरो
  • हेमन्त रानाभाट – ५० युरो
  • कृष्णहरी कडेल – ५० युरो
  • तपन रोका – ५० युरो
  • प्रकाश चालिसे – ५० युरो
  • शर्मिला/बिमल सुबेदी-५० युरो
  • बिमल गुरुङ – ५० युरो
  • सोनु राहुत – ५० युरो
  • निलु अवाले श्रेष्ठ – ५० युरो
  • सुबास बहादुर बिष्ट -३० युरो
  • बिराज शर्मा -२५ युरो
  • बिदुर गौतम – २५ युरो
  • रमेश आशिकी पौडेल – २५ युरो
  • बल बहादुर कार्की – २५ युरो
  • सुष्मिता कडेल – २५ युरो
  • संजय बिक्रम शाह – २५ युरो
  • सुबास रानाभाट – २१ युरो
  • बिनोद ढकाल – २१ युरो
  • केदार ढुंगाना – २० युरो
  • सन्दिप मोहन भट्टराई -२० युरो
  • भोला लामिछाने – २० युरो
  • लक्ष्मण शर्मा – २० युरो
  • बसन्त रानाभाट – २० युरो
  • दीपक भट्टराई -२० युरो
  • पुष्प केसी – २० युरो
  • राम मैनाली -२० युरो
  • राम बाबु सापकोटा – २० युरो
  • शिव लामिछाने -२० युरो
  • असोक नेपाल – २० युरो
  • भुपेन्द्र श्रेष्ठ – २० युरो
  • राम कडेल – २० युरो
  • शान्ता बहादुर क्षेत्री – २० युरो
  • बिशाल ढुंगाना – १५ युरो
  • रामु गैरे – १५ युरो
  • अनन्त लामिछाने – १५ युरो
  • हिरालाल सापकोटा डायमण्ड – १५ युरो
  • कृष्णराम रानाभाट -११ युरो