निर्दोष मान्छेहरुलाई आँखै अघि,यसरी भ्यानले किचेर मारियो


FACES PIXELATED BY SOURCE DUE TO LOCAL LAW Mandatory Credit: Photo by Quique Garcia/EPA/REX/Shutterstock (9007932l) Mossos d'Esquadra Police officers and emergency service workers move an injured after a van crashes into pedestrians in Las Ramblas, downtown Barcelona, Spain, 17 August 2017. According to initial reports a van crashed into a crowd in Barcelona's famous Placa Catalunya square at Las Ramblas area injuring several. Local media report the van driver ran away, metro and train stations were closed. The number of people injured and the reasons behind the incident are not yet known. Official sources have not confirmed that the incident is a terrorist attack. A van crashes into pedestrians in Barcelona, Spain - 17 Aug 2017

– रामु चालिसे,बार्सिलोना स्पेन

”राम्बलासमा कोलम्बसतिर बाटो कातोलोनिया तर्फ म जाँदै थिए। अर्डर भएको खाना छोडेर फर्कदै,काइया सान्ट पाउ नजिकै,एउटा सेतो भ्यान सडक तिर गुड्न छोडेर,मान्छे हिड्ने फराकिलो बाटो तिर आगाडि बढ्यो। किन यसो गरेको होला भनेर एक छिन् त वाल्ल परे। तर कतै तिर मोड्ने होला भन्ने ठानेर चासो नराखी अगाडि बढे। तर त्यसको केहि सेकेण्डमा नै ठुलो हल्लाखल्ला सुनियो। मान्छेहरु चिच्याउन थाले, रुवाबासी चल्यो। मैले फर्केर हेर्दा मान्छेहरु सबै लडेका थिए,कोही भागाभाग गर्दै थिए।डोजर लगाए जस्तै गरी सयौ मान्छेहरुलाई कुल्चेर गाडी निस्कीसकेछ।

आफैले चलाएको स्कुटर रोकेर घटना नजिकै आईहाले। उठ्न सक्ने मान्छेहरू भागाभाग गर्दै थिए। उठ्ने नसक्नेहरु रक्ताम्य बन्दै लडेका थिए। त्यस मध्ये भर्खरका युवतीहरु टाउकोबाट रगत बगिरहेका अबस्थामा पल्टिएका थिए।लाग्छ स्कुल वा कलेज भ्याकेसनमा बार्सिलोना घुम्नका लागि आएको हुनु पर्छ। कतिपय रगतले पोतिएका आन्फ्न्त वा परिबारलाई अंकमाल गर्दै सहयोग मागीरहेका थिए।

घटनाका प्रत्यक्षदर्शी एक नेपाली रामु चालिसे

राम्बलासमा दुई तिर गाडी हिड्ने साना सडकहरु तर बिचमा मान्छे हिड्ने खुल्ला फराकिलो बाटो छ। त्यही भएकाले पनि आतंककारीले ठुलो भिडमा भ्यान जोताएर ठुलो नोक्सान पुर्याउने योजना बनाएको प्रष्ट देखिन्छ। दैनिक हजारौ मान्छे ओहोरदोहोर गर्ने राम्बलासमा हिड्ने बाटोमा नै थुप्रै फुल दोकान र साना- साना स्टलहरु पनि रहेका छन्। त्यहाँ प्राय: स्थानीयहरुले काम गर्ने हुँदा केहि स्पेनिसहरु पनि सिकार बनेको जस्तो लाग्छ। तर धेरैको संख्यामा पर्यटकहरु नै परे कि बन्ने मेरो अनुमान छ।

घटनास्थल नजिकै गस्तीमा रहेका केहि पुलिसहरु पनि थिए। केहि मिनेटमा त जता हेरे पनि पुलिस नै पुलिस देखिन थाले। एम्न्बुलेन्सका आबाजहरु सुनिए। सुरक्षाकर्मीले घटना पछि बरपरका पसल,क्याफे,रेष्टुरेन्टहरु सबै बन्द गराए।सबैलाई सुरक्षित गन्तब्यमा पुर्याउने र घाईतेहरुलाई अस्पताल लैजान थाले।

मेरो काम गर्ने रेष्टुरेन्ट घटनास्थलबाट नजिकै रहेकाले त्यतै तिर लागे। आफ्नो चिनजानका रहेका ५-७ जना नेपालीहरु पनि त्यतै काम गर्ने हुनाले  सम्पर्क गर्न थाले। कतिपयको साँझपख काम रहेछ त्यसैले पनि घटनाबाट जोगिए। सुने अनुसार अन्य नेपालीहरुले त्यतै बरपर काम गर्छन् तर हालसम्म हत्यस्तो हताहतको खबर भने सुनिएको छैन। अमुल्य संसारबाट धेरै सर्बसाधारणले बिदाई लिईरहेको आफ्नै आँखाले देख्नु पर्यो,धेरै ठुलो दुख र पिडा भईरहेको छ।”

(बार्सिलोनामा भएको आतंककारी हमलाको सन्दर्भमा बाग्लुंग गल्कोट स्थायी घर भएका एक प्रत्यक्षदर्शी रामु चालीसेसँग नेपालीनेपाली डटकमसँगको टेलिफोन कुराकानीमा आधारित)