प्रकाश दाहालको असामयिक निधन,विभिन्न दलका नेताहरुद्धारा समवेदना व्यक्त


काठमाडौं –  परिवार नै निर्वाचनको माहोलमा होमिएका वेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारमा बज्रपात परेको छ ।

आइतबार प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधनभएपछि दाहाललाई पुत्रशोकको बज्रपात परेको हो ।

लाजिम्पाटस्थित निवासमा शनिबार राति सुतेका प्रकाश बिहान ढिलोसम्म नउठेपछि हेर्दा उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई अस्पताल पुर्याइएपनि उनलाई चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

प्रकाश प्रचण्डका एकमात्र छोरा हुन् । प्रकाशका श्रीमती र एक छोरा छन् । प्रकाश पत्नी बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् भने बुबा प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

माओवादी सशस्त्र जनयुद्धमा समेत सहभागि भएका प्रकाश पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा रहदै आएका थिए । प्रकाश मिडिया फे्रण्डलीका रुपमा समेत चिनिन्थे ।

यता प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।

 

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार विहान साढे ५ बजे अस्पताल लगिएको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए ।

अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको थियो ।

अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।

समबेदना
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएपछि विभिन्न दलका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डका छोरा प्रकाशको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत समावेदना व्यक्त गरेका छन् ।  त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट समवेदना व्यक्त गरेका छन् ।

यसैगरी राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दाहालको निधनको समाचारले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले ‘व्यक्तिगत रुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना,’ भनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना

पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!

मित्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।हार्दिक श्रद्धांजली ! पुराना दिन अब सम्झना मात्र हुने भए !

प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

नेकपा ( माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड र परिवारमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । दिवंगत प्रकाशप्रति भावपूर्ण श्रध्दान्जली !

प्रकाश दाहालको अल्पायुमै निधन भएको खवरले स्तब्ध बनेको छु। जन्म नै मृत्यु हो भन्ने सत्यतालाई कहिलेकाहीं स्वीकार्न गाह्रो पर्दो रहेछ। प्रकाश दाहाल प्रति हार्दिक श्रद्वान्ली। शोक संतप्त परिवारजनमा समवेदना।

Very sad news from Nepal this morning. Former PM and Maoist leader Prachanda’s son, Prakash Dahal, passes away. My condolences to @cmprachanda ji and family.

Very sad news from Nepal this morning. Former PM and Maoist leader Prachanda’s son, Prakash Dahal, passes away. My condolences to @cmprachanda ji and family.

यसरी छाडेर जाने बेला भएकै छैन प्रकाश (दाहाल),नेपालका कम्युनिष्ट पार्टीहरु एउटै हुन बाँकी नै छ ! तिम्रो सपना साकार होओस् । हार्दिक समवेदना !! भावपूर्ण स्रध्दान्जलि !

नेकपा ( माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड र परिवारमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । दिवंगत प्रकाशप्रति भावपूर्ण श्रध्दान्जली !

अलबिदा प्रकाश भाई,
पत्याउनै नसकिने गरि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा, प्रिय भाई प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनको खवरले स्तव्ध भएको छु । भाई प्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना ।

यस्तो वियोग कसैको परिवारलाई नपरोस्। प्रकाश दाहालको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्! हार्दिक श्रद्धाञ्जली!

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालज्यूका सुपुत्र प्रकाश दाहालको असामयिक निधनको खबरले स्तब्ध र मर्माहत भएको छु । यो शोकमा परिवारलाई धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछु। हार्दिक श्रद्धाञ्जली प्रकाश ?