बेल्जियमको नेपाल महोत्सवलाई हेर्नुहोस्:-१० तस्बिरमा


१९ अप्रिल,बार्सिलोना

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आयोजनामा ११ औ नेपाल महोत्सव सम्पन्न भएको छ।नयाँ बर्षको अबसरसँगै यसपटक संघले नयाँ बर्ष बिशेष कार्यक्रम तथा नेपाल महोत्सव एकै साथ मनाएको हो। नेपाली दुतावासको संरक्षकत्व तथा बेल्जियम स्थित संघ संस्थाहरुको सहकार्यका शनिबार लुभेनमा सम्पन्न कार्यक्रममा बेल्जियन नागरिक तथा नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालले बिगतमा हुँदै आएको नेपाल महोत्सवलाई निरन्तरता दिदै नेपाली नयाँ बर्षको बारे जानकारी गराउँन समेत कार्यक्रम आयोजना गरेको बताए। उनले भने,” नेपाल प्रबर्द्धन गर्न,नेपाली कला संस्कृति,रहनसहनको बारेमा जानकारी गराउँन साथै नेपाली बजारलाई  युरोपमा भित्राउन समेत सहयोग पुग्ने हामीले बिश्वास लिएका छौ।”

नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले महोत्सवमा स्टलहरु झकिझकाउ देखिएका थिए। बेनेलक्सका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए अभियन्ताहरु लगायत संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

महोत्सवको आकर्षणको रुपमा लक्की ड्र मार्फत केहि बेल्जियन नागरिकहरुलाई नेपाल आवाज जावातका लागि टिकट ब्यबस्था गरिएको आयोजकले जनाएको छ। यस्तै केहि जोडीहरुलाई बेल्जियममा नै नेपाली रेष्टुरेन्टहरुमा खाना खुवाउने ब्यबस्था गरिएको थियो। तस्बिर:- राजेन्द्र रसाईली