सेफ फेडरेशन अफ नेपालको अध्यक्षमा गुरुङ


पोखरा । कुकिङ पेशामा आवद्ध सेफहरुको भेलाले मुकेश कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यिय सेफ फेडरेशन अफ नेपाल गठन गरेका छन् ।

संघको उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा राजकुमार लामा, कोषाध्यक्षमा महेश श्रेष्ठ, सहसचिवमा लिला आले, सहकोषाध्यक्षमा दामु देवकोटा र सदस्यहरुमा बाबुराम रेग्मी, कर्ण सुनार, दिपेन्द्र केसी र झम्कप्रसाद ढकाल रहेका छन्।

७० जना साधारण सदस्य रहेको संघ विधिवत स्थापना पछि भाद्र २ गते शनिबार सदस्यहरुलाई प्रमाण वितरण गर्ने कार्यक्रम राखिएको एभरेष्ट इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्टका संस्थापक समेत रहेका संघका अध्यक्ष मुकेश कुमार गुरुङले वताए ।