डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति ।


कोपनहेगन ।
नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति नेपाली दुतावासको अगुवाइमा यस दिवसलाई मनाइएको छ ।
यस्तै डेनमार्कमा पनि संविधान दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।नेपाली दूतावास डेनमार्कले संविधान दिवसकै दिन कोपेनहेगनस्थित एशिया हाउसमा विविध सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनाएको छ ।

सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका नियोग प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो


उक्त अवसरमा बोल्दै महामहिम राजदूत श्री युवनाथ लम्सालले नेपालको संविधानले मानव अधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका जस्ता संसारका सर्वमान्य सिद्धान्तहरुलाई राम्रोसंग अंगिकार गरेको र संविधान सभाबाट जारी यो संविधान संसार कै लागि एक नमूना संविधान भएको कुरा बताउनु भयो । साथै उहांले नेपाल आर्थिक र सामाजिक विकास तर्फ अघि बढेको र अहिले नेपालमा व्यापार र लगानी गर्न सबैभन्दा राम्रो समय भएको कुरा बताउनु भयो ।

कार्यक्रममा आमन्त्रि सबैलाई नेपाली दुतावासका मिनिस्टर कन्सुलर डोरनाथ अर्यालले स्वागत गर्नु भएको थियो ।