मोड्रिचले जिते,बालोन डी’ओर अवार्ड


विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले अवार्ड जित्न सफल भएका हुन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका मोड्रिचले पहिलो पटक यो अवार्ड जितेका हुन् । त्यस्तै, उनले फिफा वर्ष खेलाडी अवार्ड समेत यसै वर्ष जितेका थिए ।

विगत १० वर्षदेखि यो अवार्ड रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका थिए । तर यो पटक भने नयाँ खेलाडीले जित्न सफल भएका हुन् । सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यस अवार्ड रोनाल्डो र मेस्सीले समान ५-५ पटक जितेका छन् ।