अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी तिव्र


राजाराम पौडेल, पोखरा – पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटक महोत्सवलाई भव्य बनाउन दुवै संस्थाले तयारीलाई तिव्र पारेका छन् । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघर ग्रैहापाटनमा चल्नेछ । महोत्सवमा मेसेडोनिया, भारत र नेपालका गरी ८ वटा नाटक मञ्चन हुनेछ ।


यसरी मञ्चन हुने नाटकमा भारतको ब्लाक एण्ड ह््वाइट र इन ट्रान्जीट, मेसेडोनियाको प्राइभेट कन्फेन्सन, नेपालका मेमोरी यार्ड, गैडा टाइम्स, कन्फेसन, निरमाया र घेरो रहने छन् ।
महोत्सवमा नाटक मञ्चनका अतिरिक्त साँस्कृतिक झाँकिहरु, फोटो प्रर्दशनी, दैनिक अन्र्तक्रिया लगायतका कार्यक्रम समेत गरिने महोत्सव निर्देशक परिवर्तनले जनाए । महोत्सवले नेपाली रंगमञ्चिय कला र संस्कृतिलाई जगेर्ना गर्दै साँस्कृतिक पर्यटनको माध्यमबाट संसारभर फैलाउन सहयोग पु¥याउने विश्वास आयोजकको छ । हरेक दिन अपरान्ह पौने ५ बजे नाटक मञ्चन गरिनेछ ।


महोत्सवको उद्घाटनको दिनमा झाँकी सहितको ¥याली निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलल जनाए । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले गर्नेछन् । महोत्सवमा मञ्चन हुने ८ वटै नाटक हेर्न एक हजार शुल्क तिरेर फेस्टिभल मेम्बरसिप कार्ड लिन सक्नेछन् । नाटक मञ्चनका अलावा विभिन्न सेसन मार्फत मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल हुँदा पोखरा नाटकमय बन्ने आयोजकको अपेक्षा छ । कार्यक्रमलाई भव्य बनाउन विभिन्न व्यक्ति, संस्थासँग छलफल समेत गरिरहेकोले कार्यक्रम भव्य हुने विश्वास आयोजकको छ । नाटक हेर्नका लागि अग्रीम टिकट बुकिङ गर्न समेत आयोजकले नाट्यप्रेमीसँग आग्रह गरेका छन् ।