अक्कलको अक्कल:-“विदेशमा कमाएको धन, जित्यो मुगालीको मन”


अक्कलको पहलमा बनेको नयाँ बाटो

वसन्त रानाभाट, स्पेन

जीवनमा बालश्रमिक बने उनि।अर्काको घरमा बसेर काम गर्दै पनि पढे उनले । बा आमाले छोरा पढ़ला कि भनेर सानैमा कसैको घरमा लगिदिए। ६-७ बर्षको उमेरमा नै अर्कैको घरमा बस्थे। बिहानबेलुका भाडा धोएर स्कुल जान्थे। आर्थिक अभावसँग लड्दै संघर्षपूर्ण जीवन बिताएका उनि हुन् पूर्व राष्ट्रिय धावक अक्कल बोहोरा। विकट जिल्ला मुगु स्थित छायानाथ रारा नगरपालिका- १३ थार्प गाउँका ४० बर्षिय बोहोरा हाल युरोपेली मुलुक स्पेन बस्दै आएका छन्।

६ वर्षको उमेरमा नै अर्काको घरमा बसेर पढ्न भनि काठमाडौं त आए। तर बालश्रम शोषणबाट छुटकारा पाउन सकेनन्।

गाई चराउने,मल सोर्ने ,खेतमा मल पुर्याउने ढिडो खाने त कहिँलेकाहिँ स्कुल पनि जाने गर्थे उनि। ६ जना दाजुभाई,५ दिदिबहिनीको ठुलो परिवार बाँच्नका लागि पनि ठुलो संघर्ष गरे अक्कलले।

अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिदै गर्दा पुर्व राष्ट्रिय धावक अक्कल बोहोरा ..
अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिदै गर्दा पुर्व राष्ट्रिय धावक अक्कल बोहोरा 

कमाउनका लागि भारत पनि भास्सिए। लोड अनलोडको कामदेखि उनले त्यहाँ खेतीको काम पनि गरे। अन्तत: उनि ईन्डियन आर्मीमा भर्ती पनि भए। तर बिदेशीको झण्डा उठाएर त्यहाँको राष्ट्रिय गान गाउदा मन अमिलो भयो। त्यसपछि जागिर छोडेर फेरि नेपाल नै फर्किए। उनको ईच्छा रह्यो नेपाल पुलिसमा भर्ती हुने। अन्तत भई छाडे। २०५७ सालमा उनि नेपाल शसत्र प्रहरीमा सिफ्ट भए। उनको बिस्तारै म्याराथन दौडमा रुचि बढ्दै गयो। संघर्षपूर्ण जिन्दगीलाई उनले सार्थक बनाउने कोशिस कहिल्यै छाडेनन्।

मुगुको जीवनमा अक्कल 

अन्तत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागि बने उनि। यसै क्रममा देश विदेश पुग्ने अबसर पनि पाए उनले। सन् २००६ मा फ्रान्सको एक क्लवले गरेको स्पोन्सरमा उनि युरोप आए तर यतै बस्ने निर्णय लिदै संघर्षका दिनहरुसँग जुधे। उनि भन्छन् ,” आँफूभन्दा अग्रज खेलाडीहरुको आर्थिक अबस्था नाजुक छ। रोगले थला परेपछि उपाचार गर्ने पैसा हुँदैन, आँफूलाई मात्र हैन परिवारको पनि अनुहार सम्झिए। यतै बस्ने निर्णय लिए।”

सन् २००७ देखि बोहोरा स्पेनको कोष्टाब्लाङ्का क्षेत्रमा बस्दै आएका छन्। दुई बर्ष अघि देखि उनले रारा कफी बार रेष्टुरेन्ट पनि संचालनमा ल्याएका छन्।   

झन्डै २२ लाख रुपैयाँ सामाजिक काममा

विदेशबाट सामाजिक काममा लाग्ने ब्यक्ति तथा संघ संस्थाहरुको संख्या उल्लेख छ। सबैजसोले नेपाली समुदायमा रकम संकलन गर्दै सोहि रकमबाट सामाजिक काम गर्दै आएको पाईन्छ। तर अक्कलको अक्कल भने फरक छ। उनले धेरैजसो सामाजिक काम तथा सहयोगहरु व्यक्तिगत तवरबाट गर्ने गरेका छन्।

अक्कलको पहलमा बनेको नयाँ बाटो

भूकम्पपीडित, गरिव तथा आसाहय बिद्यार्थी,मिर्गौलापीडितदेखि दीर्घरोगीसम्म,बाढीपीडितदेखि आगलागीपीडितसम्मलाई उनले आर्थिक सहयोग गर्दै आएका  छन्।

उनि भन्छन्,” अहिलेसम्म सामाजिक कामको लागि मात्र २२ लाख रुपैयाँ खर्च गरेको छु। पढ्ने बेला अर्काको घरमा भाडा माझेर बसे,दुख र पिडा के हो ? मैले राम्रोसँग बुझेको छु त्यसैले भित्री मनदेखि मेरो सहयोग भावाना हो। निरन्तरता दिईरहने छु।”

अक्कलले बनाए बाटो

आफ्नै गाउँको धुलाम्य बाटो निर्माण गर्ने हिम्मत बोकेर उनि दुई महिना अघि स्पेन देखि मुगु पुगे। छायानाथ रारा नगरपालिकाको वडा नम्बर १३ थार्पमा ४०० मिटर तथा लापुगाउँमा ७० मिटर बाटो पिपिसी गरिदिए पछि स्थानीयहरु समेत चकित परेका छन्।

यस्तो थियो धुलाम्य बाटो

धुलाम्य बाटोमा ढुंगा-गिट्टी बिच्छाएर पिपिसी गरे पछि अहिले गाउँकै स्वरूप फेरिएको छ। उनि एक महिनासम्म आँफै खटिए र उनको पछि पुरै गाउँले नै साथ दियो। उनको लाखौ रुपैयाँको खर्चमा गाउँका  बच्चा देखि बृद्वले साथ दिएपछि अन्तत: त्यस्तो बिकट भेगमा पनि बाटो बन्यो।

जनप्रतिनिधिले गर्न नसकेको काम बिदेशमा पसिना चुहाएर कमाएको धनको अक्कलले बाटो बन्यो। उनि अहिले जनप्रतिनिधि भन्दा पनि लोकप्रिय बनेका छन्। अक्कलको काम अन्य बिदेशिएका नेपालीहरुले समेत नक्कल गर्न लायक छ। उनि भन्छन् ,”लाखौ नेपालीहरु अहिले बिदेशिएका छौ। कमाएको केहि रकम आफ्ना गाउँका लागि खर्च गर्यौ भनेपनि देशैभर ठुलो परिबर्तन आउँछ।”

उनले छायानाथ रारा नगरपालिका-१३ स्थित श्री मष्टा आधरभूत विद्यालयलाई पाँचवटा कम्प्युटर र एक प्रिन्टलगायत खेलकुदका सामग्री सहयोग गरेका छन्। गाउँमा बिबाह बर्तबन्ध हुँदा भोज भतेरका लागि ८५ हजार रुपैयाँ खर्च गरेर उनले  सामूहिक भाँडा वर्तनसमेत गाउँलेलाई जोडीदिएका छन्।

आँफैले कमाएको धन खर्च गरेर सामाजिक काममा लाग्दा पनि उनले बिभिन्न आरोपहरु खेपेका छन्। उनि भन्छन् ,” युरोपमा अार्थिक संकलन गरेर ,थाेरै मात्र यहाँ खर्च गरेको आरोप जिम्मेबार निकायका जिम्मेबार ब्यक्तिहरुले लगाए। कपाेल कल्पित अाराेप प्रति मैले खेद प्रकट गर्नु बाहेक अन्य शब्दहरु नै छैनन्। तर स्वच्छ मनले मुगालीका लागि काम गर्दै जानेछु। मैले गर्ने कामले नै जवाफ दिईरहने छ।