पोर्चुगलका राष्ट्रप्रतिसँग एनआरएन प्रतिनिधिहरुको भेटवार्ता


बार्सिलोना।पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग एनआरएनए पोर्चुगलका प्रतिनिधिहरुले भेटबार्ता गरेका छन्। मंगलबार राष्ट्रप्रतिको कार्यकक्ष बेलइ प्यालेसमा उनिहरुले भेटवार्ता गरेका हुन्। एनआरएनए पोर्चुगलको सक्रियतामा भएको भेटबार्तापछि संघका अध्यक्ष कुवेर कार्कीले नेपाली समुदायको ३० बर्षको ईतिहासमै उपलब्धिमुलक क्षण भएको बताए।

उनले भने,” एनआरएनए पोर्चुगलको इतिहासमा नै पहिलो पटक राष्ट्रप्रमुखलाई भेटघाट गर्ने अबसर मिल्यो, राष्ट्रप्रतिसमक्ष पोर्चुगलमा नेपाल गार्डेनको निर्माण साथै नेपालमा अधिकार सम्पन्न पोर्चुगलको कुटनीतिक नियोगको माग गरेका छौ।”

संघका अध्यक्ष कार्कीले नेपाली समुदायको लागि भाषा स्कूल र पोर्चुगलमा नेपालमा राजदूतावास स्थापनाका लागि छलफल र जानकारी गराएको बताए। सो अवसरमा राष्ट्रपतिलाई एक ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो।

भेटमा सहभागी नेपाली जनसम्पर्कसमिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले राष्ट्रपति सोउजा नेपाली समुदायप्रति निकै सकारात्मक रहेको प्रतिक्रिया दिए। घिमिरेले भने,” उहाँले नेपाल गार्डेन लगायत नेपाली समुदायका समस्या सम्बोधनकालागि स्थानिय नगर प्रमुखसँग छलफल गरी सहयोग गर्ने आश्वासन दिनुभएको छ।”

भेटमा एनआरएनए आईसिसी सदस्य नरेन्द्र हमाल, संघका पुर्व अध्यक्ष रमेश कुमार गुरुङ,प्रबासी नेपाली मञ्चका अध्यक्ष गोबिन्द पौडेल, पत्रकार योगेन्द्रमिलन छन्त्याल लगायत सहभागी थिए।