बलिउडमा संघर्ष गर्दै मिस नेपाल श्रेष्ठ


Screen Shot 2015-05-19 at 13.19.34

भारतीय सिनेमाको संसार बलिउड नेपाली कलाकारहरुको लागि सपना हो। त्यहाँ गएर आफनो कला देखाउनु निकै गारो काम भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन। यस्तैमा एक जना नेपाली चेली बलिउडमा संघर्ष गर्ने अभिलाषा सहित डेब्युको लागि आफ्नो प्रयास जारी राखेकी छिन ।  मिस नेपाल २०१२ श्रृष्ठि श्रेष्ठ नेपाली फिल्ममा डेब्यूका लागि कोशिश गरिरहेकी छन्। उनले फिल्म खेल्नेमा विभिन्न समाचार आएपनि तीनले मूर्त रुप लिन पाएका छैनन्। उनले अवसरको खोजी नेपालमा मात्र नभइ बलिउडमा पनि खोजिन तर खास उपलब्धी उनले हासिल गरिसकेकी छैनन्।

बलिउडमा केही समय भविष्य खोजेकी श्रेष्ठले एक फिल्म ‘ज्याकपट’को ‘कभि जो बादल बर्षे’ बोलको गीतको अनप्लगड संस्करणको भिडियो अभिनय गरेकी रहेछिन्। उक्त फिल्म सन्नी लियोनि अभिनीत हो र एक वर्ष अगाडी रिलिज भएको थियो । उनले अभिनय गरेको सो भिडियोलाई टिसिरिजले आफ्नो यूट्यूवमार्फत आज मङ्गलबार रिलिज गरेको छ। गीतमा उनले सो फिल्मका लिड कलाकार सचिन जोशीसँग रोमान्स गरेकी छन्। जहाँ उनलको ग्ल्यामर पूर्ण रुपमा देखिने भएको छ । उक्त गीतको भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।