नेपालीहरुलाई सहयोग गर्दै र सम्बन्ध बढाउँदै डेनिस वकिल


प्रकाश ढकाल , कोपनहेगन ।

कोपनहेगन । विभिन्न कानुनी समस्या परेपछि जब नेपाली उनलाई भेट्न उनको ‘ल फर्म’ मा जान्छन तव नेपाली आए भनेर भेटको समय निकाल्छन र समस्या लिएर जाने व्यक्तीको समस्या ध्यान दिएर सुन्छन अनि उसलाई उचित कानुनी सल्लाह र अब अगाडी अवलम्वन गर्नु पर्ने बाटो देखाई दिन्छन ।

कानुनी समस्या झेलेर उनकोमा पुगेका नेपालीहरु आजको मितिसम्म कानुनी लडाईमा ‘जित’ को हिस्सा लिएरै छोडेको उदाहरण आज सम्म डेनमार्कमा देख्न पाइएको छ । उनि एक वरिष्ठ वकिल हुन् जो नेपालीहरुलाई परेको समस्या गहिरिएर अनुसन्धान गरी उचित कानुनी मार्ग विगत चार वर्षदेखि देखाउंदै आएका छन जसको नाम हो ओज क्राम्प ।

डेनमार्कमा नेपाली समुदाय बढ्दो क्रममा छ । यहाँ नेपालीहरुको आगमन विधार्थीको रुपमा सन् २००१ पछि शुरु भएको हो । त्यसयता सन् २०१३ सम्ममा धेरै विधार्थी डेनमार्क उच्च अध्ययन गर्न आएको पाइन्छ ।

हाल करीब दुइ हजार देखि पच्चीस सयको हाराहारीको संख्यामा रहेका नेपालीहरु हाल सम्म निकैले कानुनी अड्चन बेहोरेका छन् ।डेनमार्कको अध्यागमन कानुन निकै कडा मानिन्छ र कानुन पालना गराउने सवालमा अध्यागमनले कुनै कसर बाँकी राख्दैन । तर पनि कतिपय कानूनका कुराहरु विदेशिएका सामान्य नेपालीहरुलाई थाहा नहुनु स्वाभाविक हो र त्यसैको कारणले बेलाबेलामा नेपालीहरु कानूनी अड्चन भोग्ने गर्दछन ।

नेपालीहरुले भोग्ने कानुनी अड्चन भनेको अरबी तथा अरु विदेशी कम्पनीमा काम गरेको पैसा नदिने, तोकेको भन्दा कम दिने, समयमा पैसा नदिने एउटा समस्या हो भने अहिले पछिल्लो समयमा स्थायी बसोबासको अनुमतीका लागि सम्पूर्ण प्रक्रिया पुरा भैसके पनि कुनै एक सानो कारण देखाएर अध्यागमनले ‘रिजेक्ट’ गरिदिने भएका कारण पछिल्लो समय धेरै नेपालीहरुले समस्या भोगीरहेका छन ।

यो समस्या लिएर उनीकहाँ पुग्नेहरु पछि दुखि हुनु नपरेको उनको अनुभव छ । उनले बताए अनुसार जब समस्या पर्छ तवमात्र अन्तीम अवस्थामा आउने हुनाले कतिपय समस्या सल्टाउन सकिंदैन त्यसकारण उनले नयाँ भिसाको अनुमती माग्नु भन्दा पहिला वा स्थायी अनुमती माग्नुभन्दा पहिला एक पटक उनीसंग लामो परामर्श लिन सबैलाई सल्लाह दिने गर्दछन । पहिल्यै सल्लाह लिन सकेको खण्डमा उचित बाटो आफुले देखाउन सक्ने उनले बताए ।

उनले बताए अनुसार जब समस्या पर्छ तवमात्र अन्तीम अवस्थामा आउने हुनाले कतिपय समस्या सल्टाउन सकिंदैन त्यसकारण उनले नयाँ भिसाको अनुमती माग्नु भन्दा पहिला वा स्थायी अनुमती माग्नुभन्दा पहिला एक पटक उनीसंग लामो परामर्श लिन सबैलाई सल्लाह दिने गर्दछन । पहिल्यै सल्लाह लिन सकेको खण्डमा उचित बाटो आफुले देखाउन सक्ने उनले बताए ।

11119756_979367228764104_499286100_n

धेरै नेपालीहरुको जनसंख्या पनि नभएको डेनमार्कमा आखिर किन उनी नेपालीहरु प्रती सदभाव देखाउंदै छन् त भन्ने प्रश्नमा उनले भने ” नेपालीहरु निकै इमान्दार, श्रम गर्न सक्ने साथै श्रमको उचित सम्मान पनि गर्ने, लिएको जिम्मेवारी पुरा गर्ने, हालसम्म डेनमार्कको प्रहरीसंग कुनै एक नेपालीले अपराध गरेको रेकर्ड पनि नभएको, नियम र कानुनको पालना गर्नमा नेपालीहरु अगाडी नै रहेको ” आदि कारणले आफु नेपालीहरुप्रति नजिकीएको उनले कारण खुलाए । नेपालीहरुलाई कानूनी परामर्श दिएर सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने उनले बताए ।

उनले विभिन्न देशका आप्रवासीहरुलाइ परामर्श दिने गरेका पनि छन् तर नेपालीहरुप्रती आफनो छुट्टै लगाव रहेको उनको तर्क छ । उनको ल फर्म अध्यागमन सम्बन्धी कानूनी परामर्शमा डेनमार्ककै राम्रो र उत्कृष्ट ल फर्म हो । यस पंक्तिकार उनीसंग कुरा गर्न उनको ल फर्म मा जाँदा उनको टेबल अगाडी सयौंको संख्यामा ‘केस फाइल’ हरु देखिएको थियो । उनी कति व्यस्त छन् र विविध देशका आप्रवासीहरु उनलाई खोज्दै किन धाउँछन् भन्ने कुरा यसबाट पनि पुष्टि हुन्थ्यो ।

उनले एन आर एन डेनमार्कको सहकार्यमा विगत चार वर्षदेखि उनकै ल फर्ममा हरेक महिनाको अन्तिम आइतबार निशुल्क कानुनी परामर्श दिने गरेका छन् जसबाट धेरै लाभान्वीत हुँदै आएका छन् । उनको ल फर्मको वेबसाइटमा अध्यागमन सम्बन्धी नयाँ कानूनहरु लागु हुनासाथ राख्ने गर्दछन जसबाट धेरैलाई सहयोग पुगेको समेत छ ।

उनको वेबसाइट विभिन्न देशका तेह्र भाषामा समेत उपलब्ध छ भने उनको ल फर्ममा ६ जना वकिलहरुले काम गरिरहेका छन् । ‘केस’हरुको चाप अनुसार फर्मका अरु वकिलहरुलाई काम बाँड्ने गरिएको पनि उनले बताए ।

शुल्कको कुरा गर्दा उनले एउटा व्यवसायीक वकिलले लिन सक्ने र केस अनुसारको शुल्क सबै संग लिने गरिएको उनले बताए । सकेसम्म सबैको केस सल्टियोस भन्ने कामना र उद्धेश्यका साथ् समस्या परेको व्यक्तीको पक्षमा सशक्त बहस गर्दै आएको उनको दावी रहेको थियो ।

नेपाली ढाकाटोपी र नेपाली झन्डा पनि उनको ल फर्ममा देख्न सकिन्छ । भविष्यमा पनि नेपालीहरुलाई परामर्श दिने कुरामा आफु संधै तयार हुने र नेपाली समुदायको हितको लागि आफुले सक्दो पहल गर्ने उनले बताए ।

उनले नेपालको भ्रमण पनि गरेका छन् । करीब तीन महिना अगाडी नेपाल भ्रमण गरी आएका उनलाई नेपाल गएर आएपछि नेपालीहरुप्रती झनै सदभाव र सम्मान जागेको उनले बताए । त्यस्तो सुन्दर देशका इमान्दार मानिसहरु देख्दा आफु अचम्मित हुने गरेको पनि बताए ।

उनले भने अनुसार नेपाल जती सुन्दर छ त्यती नै त्यहाँका मानिसहरुको आत्मा सफा र इमान्दार रहेको छ त्यसकारण नेपाल र नेपाली प्रती उनलाई भित्रैदेखि सम्मान जागेको हो । एनआरएन डेनमार्कद्वारा आयोजीत एक कार्यक्रममा उनलाई सम्मान गरिंदाको नेपाली ढाकाटोपी र नेपाली झन्डा पनि उनको ल फर्ममा देख्न सकिन्छ ।

भविष्यमा पनि नेपालीहरुलाई परामर्श दिने कुरामा आफु संधै तयार हुने र नेपाली समुदायको हितको लागि आफुले सक्दो पहल गर्ने उनले बताए ।