हजारौ सहभागि हुने स्पेनको महोत्सवमा, नेपालको सम्झना गरिदै


वसन्त रानाभाट
बार्सिलोना/
हजारौ बिदेशीहरुको उपस्थितिमा “नेपाल प्रतिको ऎक्यबद्दता” ( सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ स्पेनमा महोत्सबको आयोजना गरिएको छ।
बार्सिलोनाको रमणीय एबं पर्यटकीय स्थल टिबीदाबुमा हरेक बर्ष आयोजना गरिने महोत्सबलाई यो पटक नेपाल प्रति समर्पित गरिने भएको हो।

आगामी शनिबार टिबीदाबु पार्क ब्यबस्थापन समितिले आयोजना गर्न लागेको कार्यक्रममा बिदेशी पर्यटकहरु सहित दशौ हजारको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सबमा नेपालका भूकम्प पिडितहरुको सहयोगको लागि रकम जुटाउँन युनिसेफ, रेडक्रस लगायत १२ बटा गैर सरकारी संस्थाहरुले सहभागिता जनाउने आयोजकको आफिसियल साईटले जनाएको छ।

नेपालका लागि काम गर्दै आएका यी संघ सस्थाहरुले नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै रकम जुटाउने भएका हुन्। बार्सिलोना स्थित नेपाली कन्सुलरको कार्यलयको बिशेष पहलमा ‘नेपाल प्रतिको ऎक्यबद्दता” सहितको महोत्सव गराउँन सम्भव भएको हो। कन्सुलरको रुपमा  ३० बर्ष देखि लगातार स्पेनिस नागरिक लुईस बेल्बिसले काम गर्दै आएका छन्।

महोत्सवमा एनआरएनए स्पेनको सहभागिता

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले महोत्सबका लागि बिभिन्न तयारीका साथ सहभागिता जनाउने भएको छ। नेपाली भाषा,सस्कृति,भेषभूषालाई झल्काउने गरि बिदेशीहरु माँझ नेपाली पनलाई झल्काउँने भएको हो। स्थानीय कलाकारहरु,संघ सस्थाहरु सँग समन्वय गरि कार्यक्रमको तयारी गर्दै ,नेपाली समुदायको बाक्लो उपस्थिति गराउने  संघले जनाएको छ।

नेपाली खानाका परिकारहरु स्टलमा राखी बेच्नका लागि रेष्टुरेन्ट ब्यबसायीहरु सँग समन्वय गरेको संघका अध्यक्ष एकराज गिरीले जानकारी दिए। यस्तै नेपाली हस्तकलाका सामाग्रीहरु बिक्रि गर्नका लागि पनि आयोजकले स्टलहरु उपलब्ध गराउने भएको छ।

अध्यक्ष गिरीका अनुसार खाना तथा सामान बिक्रि बितरणबाट उठेको रकमको केहि प्रतिशत भूकम्प पिडितहरुको लागि सहयोग आउँने भएको छ। यो अलवा मुख्यत स्टलमा आउँने बिदेशीहरुले प्रत्यक्ष भेटबाट पनि सहयोग उठ्ने अपेक्षा गरिएको छ। यसरी संकलित सबै रकम स्पेनमा खोलिएको भूकम्प पिडित राहत कोषमा जम्मा हुने भएको छ।

नेपाली साँस्कृतिक कार्यक्रम

नेपालमा हुने गरेका महोत्सबमा जस्तै स्पेनको टिबीदाबु महोत्सबमा नेपाली मादल बाँसुरीका धुनहरु सँगै गीत संगीतहरु घन्कने भएका छन्। हजारौ पर्यटकहरुले नेपालमा परेको बिपतमा ऐक्यबद्दता जनाईरहेको बेला उनीहरुलाई नेपाल पुग्र कार्यक्रमले प्रेरित गर्ने अपेक्षा राखिएको छ।

नेपाली बालबालिकाहरु लगायत स्थानीय नेपाली कलाकारहरुले जोडदार प्रस्तुती राख्ने तयारी गरेका छन्। कार्यक्रममा नेपाली भेषभुषा,नेपाली झण्डा,नेपाली पोशाकहरु लगाएर कलाकारले गीत तथा संगीत पस्कने भएका छन्।

महोत्सवमा देखाईने साँस्कृतिक कार्यक्रमका लागि डीक कार्कीले संयोजन गरेका छन्।

यसैबीच कलाकार,बालबालिका,अभिभाबक लगायत सम्पूर्ण सहभागीहरुको लागि संघले महोत्सब स्थलमा पुर्याउन यातायातको समेत ब्यबस्था गरेको छ। कातोलोनियाबाट बिहान पौने ९ बजे र १० बजे गरि दुई समयका लागि बसको ब्यबस्था गरेको हो।  पछिल्लो बसको सुबिधा भने बालबालिका,कलाकार र महिलाहरुको लागि मात्र भएको हुँदा स्वयंसेवकहरुलाई पहिले नै पुग्न संघले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया