एसएलसीमा नियमिततर्फ ४७ दशमलब ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौं/

यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो  नतिजा सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ४७ दशमलव ४३ प्रशित विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट  एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np , शिक्षा विभागको वेबसाइट www.doe.gov.np , परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np, नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै  नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ । यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा SLC <space> सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् ।

यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ ।