गायक मनोजराजले अञ्जु पन्तलाई यसरी सम्झे (भिडियो हेर्नुहोस् )


काठमाडौं/ गायक मनोज राजले “आज भोली तिमी लाई मेरो याद आउँछ कि आउँदैन” बोलको आधुनिक गीतमा आबाज दिएका छन्। गायिका अञ्जु पन्त सँगको बिछोड पछि मनोजले यस्तो गीत गाउँदा उनकै सम्झनाँ गरेको आभास गीतले दिएको हो।

“आज भोली तिमी लाई मेरो याद आउँछ कि आउँदैन, पहिला धेरै मायाँ गर्थ्यौ आज भोलि लाउँछ कि लाउँदैन भनी रहँदा गीतले गायक मनोज राजको जीवनलाई समेटेको आभाष स्रोता दर्शकले गरेका छन्। तिमि कहाँ छौ ? को सँग छौ,बिगतका पलहरु, तिमीले पनि भुलेको जस्तो त लागेको छैन भनी गीत बोल्दा गायिका पन्तको सम्झना गरेको अड्कल गरेका छन्।

तर गायक मनोजको यो मनको भावाना भने हैन, गीतलाई रचना भने प्रेम सागार पौडेलले गरेका हुन्। पौडेल नै संगीत दिएको सो गीतमा स्वर दिएका मनोजको जीवनलाई भने पूर्ण रुपमा सम्बोधन गरेको छ।

गीतको भिडियोमा नायक तथा मोडल सुरज रानाभाट र हाँस्य टेलीश्रृखला भद्रगोलबाट छोटो समयमा चर्चा कमाएकी रक्षा श्रेष्ठले अभिनय गरेका छन्। मनोरम स्थल गोदावरीमा छायाङ्कन गरिएको म्यूजिक भिडियोलाई निर्देशन शिव वि.कलेगरेका छन्। रक्षा म्यूजिक कम्पनीले ब्यबस्थापन गर्दै भिडियो बजारमा ल्याएको छ।

भिडियो हेर्नुहोस्