एनआरएन पोर्चुगलको अध्यक्षमा भीम केसी कमल निर्बाचित


स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको पाँचौ अधिबेशनबाट भीम के सी कमल अध्यक्षमा निर्बाचित भएका छन्। संघको आईतबार सम्पन्न अधिबेशनले सर्बसम्मत केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो।

अधिबेशनले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि रमेश कुमार गुरुङलाई प्रस्तावित गरेको छ। यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम,महासचिबमा सोम फुरी शेर्पा, सचिवहरु ध्रुवप्रसाद सापकोटा, कृष्ण कंडेल र कोषाध्यक्षमा रुपक श्रेष्ठ चयन भएका छन्।

कार्यसमितिको युवा संयोजकमा प्रितम बहादुर गुरुङ र महिला संयोजकमा जयकला राई निर्बाचित भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा धर्मराज अधिकारी,राजेन्द्र अधिकारी, मुक्ति नारायण श्रेष्ठ, मनिराज सापकोटा, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, कोमलनाथ नेपाल, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ् गीता राना तामाङ्, रामहरी घिमिरे, आङनुरी शेर्पा, गुमान सिंह कार्की र श्यामप्रसाद ढकाल रहेका छन्।

प्रवासी नेपाली मञ्च पोर्चुगल निर्बाचन प्रक्रियाबाट बाहिरियो

संघको नयाँ कार्यसमिति चयनका लागि लामो समय सम्म छलफल गरि सहमतिको प्रयास भएँ पनि अन्तत: प्रबासी नेपाली मञ्च पोर्चुगल निर्बाचन प्रक्रियाबाट बाहिरियो। अधिबेशनका लागि गठित निर्वाचन समितिको कार्य शैली र प्रक्रिया प्रती असन्तुष्टि जनाउँदै मञ्च प्रक्रियाबाट बाहिरिएको हो।11888064_10207374712748032_6137978445881470853_nमञ्चले जारि गरेको बिज्ञप्ति अनुसार निर्वाचन समितिले उमेद्वारी दर्ताको निर्धारित समय भन्दा अगाडी नै ढोका बन्द गराई मनोनयन दर्ता गर्नबाट बन्चित गराएको उल्लेख छ। मनोनयन दर्ताको लागि तयार पारिएको वारिसनामा पत्र अर्कैले थुतेर फ्याकी दिदा पनि समिति मुकदर्शक बनेकाले निर्वाचन प्रकृयामा मञ्चले सहभागिता नजनाएको भन्दै बिज्ञप्ति निकालेको छ।