अमृत गुरुङ बिना नै,डेनमार्क बन्यो नेपथ्यमय


स्पेन/तालको पानी माछीले खानी पिरिम सित जानी कि नजानी, मै नाँचे छमछमी लगायतका चर्चित गीतहरु गाउँदै स्टेज तताउदै आएका नेपथ्यका गायक अमृत गुरुङ डेनमार्क त गएँनन्। तर कोपनहेगनमा सम्पन्न कार्यक्रममा यस्तो आभास भएँन कि अमृत त्यहाँ थिएनन्। नेपथ्यका गीत संगीत र सृजनाले बाताबरण अमृतमय नै बनेको थियो।

स्विजरल्याण्डबाट सहभागि बनेका गायक सुवास सुन्दासले नेपथ्यको आभास दिलाएका थिएँ। दर्शकहरु निकै रमाएँ पछि नेपथ्यका गीतहरुलाई उनले पुन: दोहोर्याएर गाएँ। किनकी दर्शकहरु भन्दै थिएँ वान्स मोर वान्स मोर। सुन्दासलाई स्पेनका कलाकार सन्जय शाहले गितारमा साथ दिएका थिए। उनले नेपथ्यका गीत मात्र हैन आफ्नै रचनाका गीतहरु पनि गाएँ। नेपाली लोकप्रिय गीत रेशम फिरिरीलाई पनि सुन्दासले छुटाएनन्।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) डेनमार्कले युरोपभरिका कलाकारहरुलाई यसरी जमघट गराउँदै संगीतमय बाताबरण बनाएको हो। तर कार्यक्रम  मनोरंजनको लागि मात्र थिएन नेपाली बाजाघर निर्माणको लागि सहयोगार्थ च्यारिटी कार्यक्रम हो।

ईनास डेनमार्कले आयोजना गरेको सांगीतिक कार्यक्रममा जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, स्पेनबाट कलाकारहरुले सहभागिता जनाउँदै गीत संगीत तथा नृत्यहरु प्रस्तुत गरे। नेदरल्याण्डसबाट कलाकार सरिता हुमागाई,जर्मनीकी आश्मा कँडेल,डेनमार्कका राजमान तामाङ्, सन्त कुमार थापा मगर,प्रशान्त राज बानिया ,मल्लिका प्रधान, नितु खड्का प्रमीस थापा, कृष्ण सुबेदी, दिनेश सापकोटा, तेन्जी शेर्पा लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए।

image

 कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट, इनास ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल, एनआरएनए युरोप क्षेत्रीय उप- संयोजक सोम सापकोटा लगायत डेनमार्क स्थित संघ सस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो। 

अन्तराष्ट्रिय नेपाली कलाकार समाज चौथो बर्षमा प्रबेश

गीत संगीत, भाषा, साहित्य र संस्कृतिको उत्थान नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन तथा कलाकार एवं साहित्यकारहरुको हितको लागि स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) चौथौ बर्षमा प्रबेश गरेको छ।

छोटो समयमा नै विश्वभर गरि ५५ शाखाहरुमा विस्तारित भईसकेको समाज चौथो बर्षमा प्रबेश गरेको हो। विभिन्न मुलुकका राष्ट्रियस्तरका कार्यक्रम गर्दै आएको समाजले क्षेत्रीय समितिहरुबाट महादेशस्तरीय नृत्य, साहित्य लेखन र चलचित्रको प्रवर्द्धन र इनास चलचित्र अवार्ड लगायतका कार्यक्रमहरु पनि गर्दै आएको छ।

11888511_1520304664926362_5239521334044718025_o

आउँदो अक्टोबरमा विश्व सम्मेलन गर्दै, समाजले पहिलो महाधिवेशन सहित तेश्रो इनास अवार्ड गर्ने भएको छ। समाजले सन् २०१६ भित्र विश्वका ७५ मुलुकहरुमा नै शाखा बिस्तार गर्ने लक्ष्य समेत लिएको छ।

बिनासकारी भूकम्पका बेला पनि समाजले तत्कालीन र दीर्घकालीन उद्धार कार्यक्रम संचालन गरि राहत बितरण गरेको थियो।