यी हुन् कास्की काग्रेस नेता रामजी पौडेलको हत्यामा संलग्नहरु


– सागर राज तिमिल्सिना
पोखरा /नेपाली काँग्रेस नेता रामजी पौडेल ‘बादल’का हत्या आरोपीहरु चार जना र उनिहरुलाई लुकाउन सहयोग गर्ने ५ जनालाई प्रहरीले सार्वजनीक गरेको छ । विहिबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनीक गरेको हो ।

गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ १२ का विश्वास गौतम, लेखनाथ १३ का प्रकाश गुरुङ, लेखनाथ १४ का बले भन्ने अशोक गुरुङ र लेखनाथ १२ का राजुरानाभाटलाई प्रहरीले हत्यामा संलग्न रहेको भन्दै सार्वजनीक गरेको हो ।

उनिहरुलाई लुकानमा सहयोग गरेको भन्दै तनहुँ शुक्लागण्डकी, नगरपालिका ३ दुलेगौडाका चन्द्र बहादुर थापा मगर, नवलपरासीका भरत पौडेल, नवलपरासी घरभई गैडाकोटमा बस्ने मिन बहादुर घेल, रविन क्षेत्री र कपिलबस्तु घर भई हाल रुपन्देहीका विरेन्द्र कुमार रानामगर रहेका छन् । उनिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेका कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।

बादलको हत्या भएको १५ दिनपछि प्रहरीले हत्यामा संलग्नहरुलाई सार्वजनीक गरेको छ । प्रहरीले काग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेको अहिले सम्म कुनै संलग्नता भएका पुुस्टी नभएको पालले बताए ।

हत्यामा संलग्न भनिएका अर्का आरोपी रविन केसी भने अझै फरार छन् । घटना उनिहरु मात्रै नभएर अन्य पनि संलग्न रहेको प्रहरीको भनाई छ । पार्टीभित्रको झगडा मिलाउन सक्रिय रहेका बादलको हत्या क्रममा काँग्रेसका दुई जना कार्यकर्ताहरु मनोज गुरुङ र नारायणहरि तिवारी घाइते भएका थिए । स्रोत:- स्थानीय गन्थनडटकम