झुक्दै नझुक्ने नेपालको छोरो, गोपाल योञ्जनको सम्झना


– मोहनराज बराल ‘मुन ‘

“एउटा चोरबाटो यहिबाट जान्छ
र सिंहदरबार भित्र पस्छ
र अगंङ्गको ढोका बन्द हुन्छ
गाउँ घर झुपडीहरु देखिन छोडछ
कठै मेरा गाउँहरु….!”
कबि बिक्रम सुब्बा भनेझै गाँमहरू देखिन छोडिने ठाँममा जनवादी गायक एवं सभासद जेबी टुहुरेले गोपाल योञ्जनलाई पर्याप्त सम्मान नदिएको गुनासो गरेर सम्मानको लागी संसदमा योञ्जनको पनि शालिक बनाउनुपर्छ भन्ने माग राख्दा हालका अर्थमन्त्री डा. रामशरण महतले चक्रपथको चैं कसको त भन्ने जवाफ फर्काएछन? लाग्छ गाँम भुलिने ठाँममा यो कुरा भुलिनु स्वाभाविक नै हो।

तर हामी पनि भुल्दै गईरहेका छौ।गीतकार, संगीतकार तथा गायक गोपाल योञ्जनलाई।वि.सं.२००० साल भदौको जनैपूणिर्माका दिन बुवा डा.बुद्धिमान योञ्जन र आमा छेकडोल्मा योञ्जनको कोखमा भएको थियो।लाग्छ उनि बाँचिरहने बेला सम्म पनि उनिको क्षमताअनुसार कहिल्यै उपयोग र कदर गरिएको थिएन। तैपनि आफु बाँचुञ्जेल नेपाली संगीतमा सेवा गरिरहे।

लाग्छ उनि जतिको विविधतापूर्ण गीत कसैले पनि सिर्जना गर्न सकेका छैनन् ।भनिन्छ कला र गलाले साथ दिने थोरै कलाकार मध्ये उनि पनि एक हुन्।कुनै गीत तयार पार्दा गहकिला मन छुने शब्द, हृदयस्पर्शी सङ्गीत र ओजपूर्ण, मिठासयुक्त कलात्मक गायनलाई महत्व दिने गर्दथे । फेरि यिनी जुन बेला नेपाली सङ्गीतको आकाशमा डटेर थिए त्यो समय नेपाली सङ्गीत संघर्षमय अवस्थामा थियो । नेपाली सङ्गीतमा भारतिय सङ्गीतको प्रभाव हाबी थियो।यहि समयमा उनी नेपाली सङ्गीतलाई शब्द,संगीत र स्वर मार्फत नेपालीपन दिलाए ।

साङ्गीतिक परिवारमा हुर्किएका गोपाल योञ्जन दार्जिलिङको सरकारी स्कूलबाट स्कूले शिक्षा पूरा गरेपछि उनकी आमा डाक्टर बनाउन चाहन्थिन् । त्यसैले गोपाललाई विज्ञान विषय पढाउन सेन्ट जोसेफ कलेजमा भर्ना गरिन् । तर उनिको आमा पनि चाल्स डार्विनको आमा झै भईन। प्रयास असफल भयो।शरिरको नशा नशामा सङ्गीतको सुर गडेको उनि आखिर किन डाक्टर पढने थिए र ? ।

झन् उनको संगत सङ्गीतमा पो बढ्ता हुन थाल्यो।यसैले उनि २०१९ सालमा दार्जिलिङ आर्ट एकेडेमीमा वाद्यवादकको रुपमा आबद्ध भईकन औपचारिकरुपमा सङ्गीत सिर्जना गर्न थाले । बाँसुरी निकै राम्रोसँग बजाउने गोपाल योञ्जनले यसैताका चर्चित भारतीय निर्देशक सत्यजीत रेको चलचित्र कञ्जनजङ्घामा पनि बाँसुरी बजाए ।

२०२२ सालतिर साङ्गीतिक भ्रमणको क्रममा दौरानमा दार्जिलिङ आएका नारायण गोपालसँग गोपाल योञ्जनको मित्रता गासियो । यसैबेला इश्वर बल्लभ, नगेन्द्र थापा, डा. गम्भिर योञ्जनसहित केही अन्य साथीहरुको सहभागितामा दार्जिलिङको महाङ्काल डाँडामा गोपाल योञ्जन र नारायण गोपालको मितेरी साइनो गाँसिएको थियो । मीत लगाउनु पर्छ भनेर उकास्ने उनै “आगोका फूलहरु हुन आगोका फूलहरु हैनन”भन्ने इश्वर बल्लभ थिए ।

सन् १९६७ सालमा नेपाल आएका उनि त्रिभुवन विश्वविद्यालयमा डिग्री पढदै साङ्गीतिक गतिविधिमा पनि सक्रिय हुन्थे । सन् १९६८ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक सङ्गीत प्रतियोगितामा गोपाल योञ्जनले “गल्ती हजार हुन्छन् गीत”बाट उत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए ।
जीविका चलाऊन गोपाल योञ्जनले सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कूलमा पढाऊने थिए।

वि.सं.२०२५ सालमा विवाह गोपाल योञ्जनले श्रीमती रिन्छेन योञ्जन आर्थिक सहयोगमा ‘गोपालय’ नामको स्टुडियो पनि खोलेका थिए । यही स्टुडियोमार्फत् उनी आफ्ना सिर्जनाहरुलाई रेकर्ड गर्ने र अरु गायकगायिकाहरुका स्वर रेकर्ड गर्ने गर्थे।

सन् १९६५ सालतिर गोपाल योञ्जन पद्मकन्या कलेजमा पढाउन थाले । यतिबेलासम्म शास्त्रीय र केही पश्चिमेली शैलीलाई फ्युजन गरेर संगीतको सृजना गरेका थिए।गोपाल योञ्जनका कतिपय गीतहरु प्रतिबन्धित पनि भएका थिए । खुकरीले लेखिएको इतिहास रातो हुन्छ, गल्ती हजार हुन्छन्, सबलाई रिझाउँ भन्दा, म मूर्दा भएको तिमी आज हेरजस्ता उनका गीतहरु कुनै समय रेडियो नेपालमा प्रतिबन्धित भएका गीत हुन् ।

11304159_1078570165504600_860530763_n

– मोहनराज बराल ‘मुन ‘

भनिन्छ नारायण गोपालको गायनशैलीमा परिमार्जन ल्याउन पनि उनको भूमिका रहेको छ । त्यस्तै उनले परिमार्जन गरेका गायकगायिकाहरुमा ध्रुव केसी, उदितनारायण, मीरा राणा, प्रकाश श्रेष्ठ, अरुणा लामा, किरण प्रधान, सुशिला कंशाकार, तारा थापा, विमला राई आदि प्रमुख हुन् ।

नेपाल संगितका अन्वेषक प्रकास सायमीका अनुसार नारायण गोपाल,अम्बर गुरुङ र गोपाल योञ्जनको प्रवेशसँगै नेपाली सङ्गीतमा स्वर्णिम युगको आगमन भएको थियो ।यस सगै गोपाल युगको समग्र शुरूबात भयो।त्यो बेला असंख्य अजम्बरी गीत जन्मिए, जुन गीतहरुले अहिलेसम्म पनि नेपाली सङ्गीतको प्रतिनिधित्व गरिरहेको छन ।

सङ्गीताञ्जली र गीतमञ्जरीजस्ता दुई वटा पुस्तकहरुसमेत लेखेका छन।फेरि सबैलाई चेतना भयाजस्ता केही गीतिनाटकहरुका साथै सिन्दूर, कान्छी, विश्वास, मायाप्रीति, अर्को जन्म, भुमरी, पहिलो प्रेमजस्ता १ दर्जन जति चलचित्रहरुमा पनि सङ्गीत दिएका छन् । बि.स.२०५३ साल जेठ ७ गते भारतको एपेलो अस्पतालमा स्वर्गारोहण भएका गोपाल योञ्जनलाई उनकै इच्छाअनुसार उनको पार्थिव शरीर नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिएको थियो ।

अनि आज हामी माँझ नरहेको पनि लगभग २० बर्ष भैसकेको छ। यसरी नेपाली सङ्गीतको लामो समय सेवा गरेबापत् गोपाल योञ्जनले सुप्रबल गोरखा दक्षिण बाहु, छिन्नलता गीत पुरस्कारबाहेक सरकारी तवरबाट त्यस्तो कुनै पनि प्रोत्साहत र पुरस्कार पाएनन् । तर भारतमा जन्मिए पनि नेपाल सरकारबाट उनको कामको सम्मान गर्दै नेपाली नागरिकता भने प्रदान गरिएको थियो|

” म आगो सहन्छु, अन्याय सहन्न,
म तृष्णा सहन्छु, तिरस्कार सहन्न
मेरो सिर उडाउ बरु त्यो सहन्छु
तर कोहि पराएले टेके सहन्न

बनेकोछ पहराले यो छाती मेरो,बगेकोछ छहरा रगत मा मेरो ,पखेरोमा जन्मे, टाकुरा मा खेल्ने,म झुक्दै नझुक्ने नेपालको छोरो” यस्तो देश प्रमि गीतहरू गाउने गोपाल योन्जनलाई नेपालमा जात जात बिचको लड़ाई हुदा भुलिदै जानु दुखद हुदैछ।यस बखत सबै जना गोपाल योन्जनको गीतहरू सँग नजिक हुनुपर्नेमा टाढा टाढा हुदै छौ। नेपाली हुनुमा गर्व गर्ने महान संगीत साधक योन्जनलाई हाम्रो पनि हार्दिक श्रदान्जली।

तपाईको प्रतिक्रिया