एनआरएन महासचिबमा, स्पेनका पुष्पराज तिमिल्सिनाद्वारा उम्मेद्वारी घोषणा


वसन्त रानाभाट
बार्सिलोना/
गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महासचिब पदमा स्पेनबाट पुष्पराज तिमील्सिनाले उम्मेद्वारी घोषणा गरेका छन् ।  संघको आगामी अक्टोबरमा हुने सातौ महाधिबेशन नजिकिदै गर्दा तिमिल्सिनाले महासचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

संघको गत छैटौ आधिबेशनमा सचिब पदका लागि तिमिल्सिना निकटतम प्रतिद्वदी रहेका थिए। स्पेनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य हुँदै तिमिल्सिना हाल आईसीसी सल्लाहकारको भूमिकामा रहेका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नियमित बैठकबाट तिमिल्सिनाले महासचिब पदमा लागि आईतबार उम्मेद्वारी घोषणा गरेका हुन्।

को हुन् पुष्प तिमिल्सिना ?

राम्जा देउराली ८ पर्बत घर भएका तिमिल्सिना सन् २००५ देखि स्पेनमा बसोबास गर्दै आएका छन् । स्पेनिस लगानी नेपालमा भित्राउँनको लागि उनको महत्वपुर्ण योगदान रहेको छ। भेरासोल हाउजिङ्ग कम्पनीका संचालक रहेका तिमिल्सिनाले स्पेनमा भन्दा बढी नेपालमा नै लगानी गर्दै आएका छन्। तिमिल्सिनाको भेरासोल कम्पनीमा स्पेनिस नागरिकको समेत लगानी रहेको छ।

यस्तै हिमाली भेगका १६ बटा जिल्लामा बिजुली पुर्याउँने लक्ष्य सहित तिमिल्सिनाले बुद्द पावर कम्पनी दर्ता गराएका छन्। २० बर्षे ग्यारेन्टी रहेका स्पेनिस मेसिनहरु फिट गरेर हिमाली जिल्लामा बिजुली बाल्ने उनको लक्ष्य रहेको छ।

यस्तै २५ मेगावाट क्षमता रहेको म्यादी खोला दरवाङ्ग हाईड़ोपावर संचालनका लागि उनले नेपाल सरकार सँग सम्झौता गरिसकेका छन्। सो हाईड़ोपावरका संचालक समेत रहेका तिमिल्सिनाले हाईड़ोपावरमा पनि स्पेनिस लगानी भित्राउँन सफल भएका छन्। यस्तै नेपाल र स्पेनबाट सामान आयात तथा निर्यातका लागि उनले प्रबासी ट्रेडिङ्ग कम्पनी पनि दर्ता गराएका छन्।

महासचिबमा उम्मेद्वारी किन ?

एनआरएन अभियान मात्रै नभएर एउटा एकताबद्द र सु -संगठित प्रयास रहेको बताउँदै उनले यसलाई ब्यबस्थित गर्ने पहिलो पुस्ताको प्रतिनिधि भएकोमा आँफू माथि गहन जिम्मेबारी रहदै आएको बताएका छन्। तिमिल्सिनाले मुलुक भूकम्प पछि पुन: निर्माणको चरणमा रहेको हुँदा राष्ट्र रुपान्तरणमा आँफु सक्रिय रुपमा लाग्रे प्रतिबद्दता ब्यक्त गरे।

उनले भने” एनआरएनको गरिमालाई कायम राख्दै अझ सक्रिय पुर्बक ब्यबस्थित, संगठनात्मक संजाल निर्माण गर्न म आगामी महाधिबेशनमा महासचिब पदमा उम्मेद्वारी पेश गर्न चाहन्छु।”

उनले गैर आबासीय नेपाली संघले गरेका क्रियाकलापहरुको निरन्तरता एबम सक्रिय र नेतृत्वदायी भूमिका निर्बाह गर्न,गैर आबसीय नेपाली अभियानलाई संगठित गर्दै यसको सांगठनिक संजाललाई अझ समय सापेक्ष मजबुद र ब्यबस्थित गर्न भूमिका खेल्ने बताएका छन् ।

यस्तै नेपालमा बैदेशिक र गैरआबासीय नेपालीहरुको लगानी भित्राउन पहल गर्ने बताउदै तिमिल्सिनाले अन्तराष्ट्रिय क्षेत्रमा आर्जन गरेको अनुभव सिप र दक्षताको नेपालमा सदुपयोगका निम्ति पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। यस्तै उनले बैदेशिक राजगारीलाई सुरक्षित र मर्यादित तुल्याउन नीतिगत रुपमा नेपाल सरकारसँग निरन्तर पहलकदमी गर्ने बाचा गरेका छन्।

स्पेनका नेपालीहरु के भन्छन् ?

तिमिल्सिनाको उम्मेद्वारी घोषणा कार्यक्रममा स्पेन स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्ब साधारणहरुको उपस्थिती रहेको थियो। एनआरएन स्पेनका निबर्तमान अध्यक्ष तथा प्रस्तावित आईसीसी सदस्य एकराज गिरीले स्पेनबाट हुने प्रतिनिधित्वलाई खुलेर साथ दिने बताएका छन्।

यस्तै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मुक्त बहादुर गुरुङले पूर्ण रुपमा तिमिल्सिनालाई समर्थन गर्दै बिजयी गराउँन लागि एनआरएन स्पेन लागी पर्ने बताए।

यस्तै नेपाली काग्रेस निकट नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,एमाले निकट प्रबासी नेपाली मंचका अध्यक्ष दिनेश गुरुङ र माओबादी निकट नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष गंगाप्रसाद भुसालले पनि तिमिल्सिनालाई तनमन दिएर सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे। यस्तै स्पेन स्थित जातीय,क्षेत्रीय लगायतका संघ सस्थाका प्रतिनिधिहरुले बोल्दै तिमिल्सिनालाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे।

यसैबीच अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेलले युरोप उपसंयोजक पदमा  यस अघि नै उम्मेद्वारी घोषणा गरिसकेकोमा, तिमिल्सिनालाई जस्तै खरेललाई पनि सहयोग गर्ने प्रतिबद्दता सहभागीहरुले गरेका थिए।