शेष घले दुबई जाँदै, उम्मेद्वारी घोषणामा ढिलाई नगर्न एनआरएनहरुको सुझाव


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले दुबई जाने भएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको छैठौं अधिवेशनको उद्घाटनका घले दुबई जान लागेका हुन्।

घलेले दुबईका गैर आबासीयहरु सँग छलफल तथा भेटबार्ता समेत गर्ने भएका छन्। यस अघि युरोप र कतारका एनआरएनहरु सँग पनि छलफल,अन्तरक्रिया तथा भूकम्पको बेला सहयोग जुटाएको भन्दै धन्यबाद र आभार प्रकट गरेका थिएँ।

अध्यक्ष घले दुबई जाने तयारी गरिरहेको बेला उनलाई पुन;अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्न दबाब परेको छ। घलेलाई अब उम्मेद्वारी घोषणा गर्न ढिलाई नगर्न पनि चौतर्फी  रुपमा गैर आबासीयहरुले सुझाव दिएका छन्। आगामी अक्टोबरमा हुने संघको सातौ महाधिबेशन नजिकिदै गर्दा अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष टीबी कार्की र पुर्ब महासचिब रतन झाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन्।

आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म काठमाडौमा हुने महाधिबेशन भाग लिन गैर आबसीयहरु अधिबेशनको माहोल हेरेर हवाई टिकट निश्चित गर्ने मनस्थितिमा देखिएका छन्। अध्यक्ष घलेले पुन: उम्मेद्वारी घोषणा गरेको खण्डमा महाधिबेशनमा सहभागिता समेत बढ्ने कतिपय गैर आबासीयहरुले अनुमान लगाएका छन्।

घलेको उम्मेद्वारी घोषणा धेरै गैर आबासीयहरुसँग जोडिएको बिषय भएकाले पनि अब बेला आएको उनका निकटबर्तीहरुको भनाई रहेको छ। कतिपय गैर आबासीयहरु घले सँगै काम गर्ने चाहाना राख्दै उनकै घोषणा पछि मात्रै आफ्नो उम्मेद्वारी घोषणा गर्ने तरखरमा समेत रहेका छन्।

प्रमुख अतिथिको रुपमा दुबई पुग्ने घलेको साथमा,केन्द्रीय अध्यक्षका लागि कतारबाट उम्मेदवारी दिएका उपाध्यक्ष टीबी कार्की,महासचिव कुमार पन्त, मध्यपूर्व संयोजकमा उम्मेदवारी दिएका ओमनका डीबी क्षेत्री,लगायतका अन्य देशहरुबाट एनआरएनका हस्तीहरु दुबईमा पुग्ने बताईएको छ।

गैरआवासीय संघ, युएईको भाबी अध्यक्षका लागि सुदीप कार्की र लेखनाथ न्यौपाने प्रतिस्पर्धामा रहेका छन्। शुक्रबार दुबईको मिलेनियम होटलको २४ औं तलामा रहेको भीआईपी सभाकक्षमा विशेष तामझाममा साथ अधिवेशनको आयोजना हुने भएको छ ।