तीज नजिकिदै गर्दा प्रबासबाट चेलीहरुले आँशु बगाए पछि ……


बार्सिलोना/
५२ बर्ष उमेर पुगिसकेकी गीता कडेंल भक्कानिए रुन थालिन्। स्पेन आएको लामो समय भयो,खै भाग्य पनि कस्तो श्रीमान् गुमाएँ। यहाँ आएर धेरै दुख र पिडा भयो,आफ्नो – आफ्नो ठाउँमा सबैलाई पिडा हुने रहेछ। यो जीन्दगी पनि कस्तो ? रुदै उनि भक्कानिदा सहभागी सबैका आँखाहरु रसाए।

कडेंल भन्दै थिईन्,पीडा केहि भुलिन्छ कि भनेर हिडेकी, स्पेनमा भर्खर आएका नयाँ दिदीबहिनीहरुले त मलाई चिन्दैनन्। जति पुरानाहरुले चिन्छन् ,मेरै श्रीमान् कै कारणले चिन्दछन्। उनि थिइन् गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका भुत पुर्ब सदस्य स्वर्गीय राम कडेंलकी श्रीमती। केहि बर्ष पहिले पतिलाई गुमाएकी उनले तीज बिशेष कार्यक्रममा रुदै आफ्ना मनका बहहरु यसरी पोखिन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनकि महिला उपाध्यक्ष बिनिता रेग्मी खनालका आँखाहरु पनि रसाएनन् मात्र। आँशु तप तप चुहाउँदै भन्दै थिईन्, साहेद नेपालमा भएको भए यसपालि तीज मनाईने थिएँन होला। माईतीका २ बटै घर भूकम्पले भत्काईदियो। यति बेला मेरी आमालाई धेरै सम्झी रहेकी छु। के गर्ने हाम्रो त माईती मात्र भत्कियो तर यहाँ कतिको सिन्दुर पुछिएको छ,कतिका लालाबालाहरु हराएका छन्। शोकलाई शक्तिमा बदल्नै पर्ने, परम्परालाई जोगाउँन पनि तीज त आखिर मनाउनै पर्यो।

रेडियो स्पेन नेपालले बार्सिलोनामा आयोजना गरेको तीज बिशेष अन्तरक्रियामा धेरै चेलीहरुले यसरी नै ब्यथाहरु पोखे। धेरैले देशको पछिल्लो अबस्थाहरुको बारेमा पनि चिन्ता ब्यक्त गरेका छन्। कार्यक्रममा तमु समाज स्पेनकि अध्यक्ष्य ज्योती गुरुङ,एनआरएन महिला फोरम संयोजक सिता सिंह,निर्बतमान संयोजक शितल भुर्तेल भुसाल लगायत सहभागी चेलीबेटीहरुले देशको अबस्था बारे चिन्ता ब्यक्त गर्दै बिचार ब्यक्त गरेका हुन्।

प्रबासमा भन्दा त नेपालमा तीज धेरै नै रमाईलो हुन्थ्यो,सहभागी जमुना सापकोटाले बिगतका दिनहरु सम्झँदै भनिन्,” बुबा आमा लिन आउँनु हुन्थ्यो कति खेर आउँनु हुन्छ भनी मनमा उत्साह पलाउथ्यो ,माईतिमा सबै परिबार एकै साथ हुँदाको उत्साह प्रबासमा कहाँ भेटिन्छ र ?”

तर सहभागी चन्दा खड्का ढकालले माईति भन्दा प्रबासमा धेरै रमाईलो हुने बताईन्। उनले भनिन्,” एक हिसाबले भन्ने हो भने यहिं नै रमाईलो हुन्छ,मैले माईतिलाई माया मारेकी होईन तर बिदेशमा ७५ जिल्ला कै दिदिबहिनीहरु कहाँ -कहाँ बाट भेट हुन्छ र यसरी रमाईलो गर्न पाईन्छ।”

करिब ३० जना जति सहभागी दिदीबहिनीहरुले आ-आफ्नो बिचार ब्यक्त गरेका थिएँ। गत बर्ष देखि शुरु गरिएको रेडियो कार्यक्रमको यस पटक पनि रेडियोमा प्रत्यक्षप्रसारण गरिएको थियो।

रेडियो कर्मी तथा संचालक सदस्य वसन्त रानाभाटले संचालन गरेको कार्यक्रममा रेडियो संचालकहरु हेमन्त रानाभाट,सन्तोष श्रेष्ठ,सुनिल रानाभाटले उपस्थित दिदिबहिनीहरुलाई आभार प्रकट गर्दै तीजको शुभकामना ब्यक्त गरेका थिएँ।

नोट- अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण रेकर्ड पछि प्रस्तुत गरिने छ।

IMG_6678IMG_6674IMG_6676IMG_6673