साईकल चढ्नेलाई गरिब सोच्नेले, युरोपबाट केहिँ सिक्ने कि ?


लण्डनका मेयर वोरिस जोनसन
लण्डनका मेयर वोरिस जोनसन

-मोहनराज बराल ‘मुन’
सन् १८४७ मा साईकल भन्ने शब्दको प्रयोग फ्रान्सवाट भएको थियो यस लगत्तै पहिलो पेडल पावर साइकल फ्रान्सले सन् १८६० को दशकको शुरुवात तिर निर्माण गरेको थियो । यसलाई भेलोसिपेड भनिन्थ्यो । यस पछि लगत्तै सन् १८६८ मा अंग्रेज़ी पत्रिका “द डेली न्यूज” मा पनि त्यसलाई वर्णन गरिएको थियो। त्यसताका दुई पाङग्रा जस्ले केही सामानहरु पनि ओसार पसार गर्न सकिने भनेर बुझिन्थ्यो ।

ट्रासपोर्टेशनको एक स्वरुप मानिने साईकल सन १८९० ताका यूरोप र उत्तरी अमेरिका तिर पपुलर हुदै गयो । त्यसताका साईकलहरू महिलाहरूको लागी उपयुक्त मानिन्थो।यस कारण यसलाई अमेरिकी महिला अधिकारकर्मी सुसान वि.एन्टोनोमिले “फ्रिडम मेशिन”को संज्ञा दिएकी थिईन ।

वातावरण प्रदुशण विना एक ठाउँबाट अर्को ठाँउमा पुग्दा शरिरलाई स्वास्थ राख्न भूमिका खेल्ने भएको हुदा त्यसवेला अमेरिका र युरोपका शहरहरुमा साईकल प्रेमी युवाहरू मिलेर साईकिलिङ्ग क्लव खोल्न शुरु गरे । तर यसरी क्लव खोल्न काम भने १८ औं शताव्दीको अन्त्य देखि भएको देखिन्छ । सन् १८८० मा व्रिटिसमा वाथ साइकिल्ङ्ग क्लव खोलिएको थियो। फेरि लगत्तै तिर एन फिल्ड वाईसाइकल क्लव खोलिएका थिए। यि वेलायतका पुराना साईकिल क्लवहरु मानिन्छ ।

सन् १८७३ मा अक्सफोड युनिभर्सिटी साईकिलिङ्ग क्लव र सन् १८७४ मा क्यामरिज युनिभर्सिटी साईकिलिङ्ग क्लव खोलिए पछि लहर बढदै गयो ।द ब्रिटिश साईकिल फ़ेडरेशन अनुसार हाल सम्ममा ब्रिटिश साईकिलिङ्गले व्रिटेनमा मात्रै करिव सत्र सय साईकिल्क क्लवहरुलाई आफ्नो आबद्दता प्रदान गरेको छ।यि क्लब फरक फरक बिशेषता बोकेकाहरू छन।

क्लब युबा,वच्चा,शारीरिक रूपमा अशक्त लगायत सबै किसिमका वर्ग प्रति लक्षित रहेका छन। फेरि क्लबको गठन सँगै प्रतियोगिताहरू पनि शुरू हुन थाले।
​सन् १८७९ मा लण्डन साईकिलिङ्ग, क्लव लगायत अरु २६ ओटा क्लवले रिचमण्ड पार्कमा करिव एघार सय साईकल प्रेमीहरूले भाग लिएका थिए । त्यस प्रतियोगितामा भाग लिएका केथ नि रोविन्सन अनुसार त्यसलाई नै त्यसवेलाको ठूलो तथा सुरक्षित रुपमा सम्पन्न भएको प्रतियोगिता मानिन्थ्यो ।

फेरि सन् १९०३ मा फ्रान्समा “टुर दि फ्रान्स” प्रतियोगिताको शुरुवात भयो । जसलाई साईकलकर्मीहरुले प्रतिष्ठित प्रतियोगिको रुपमा लिइन्छ । त्यसवेला ३१ मे देखि ५ जुलाईसम्म गरेर पाँचौ तह गरेर पुरा गरिएको थियो। सन् ३ मार्च १८७१ मा इटालिमा जन्मेर फ्रान्स वसोवास गर्ने भ्यारिस गेरिनले सो प्रतियोगिता जितेका थिए । पहिलो र दोश्रो विश्वयुद्धको मार खेपेको त्यस प्रतियोगिताले हालसम्म १०२ पटक सम्म सम्पन्न भएको छ । यहि टु दि फ्रान्स कै अनुकरण गरेर ब्रिटेनमा पनि दोश्रो विश्वयुद्ध पछि सन १९४५ देखि टुर दि ब्रिटेन हुदै आएको छ ।

पहिलो प्रतियोगितामा फ्रान्सका रोव्रेट वाटोटले जितेका थिए । तर यो प्रतियोगिताको निरन्तरता सन् १९९९ सम्म कायम रहयो सन् २००३ सम्म यस प्रकारको प्रतियोगिता भएको थिएन ।फेरि सन् २००४ देखि यस प्रतियोगिता अहिले सम्म निरन्तरता पाउँदै आएकोछ । फान्सकै यस प्रतियोगिताबाट प्रभावित भएर स्पेन, जर्मनी, नेदरल्याण्ड, स्वीजरल्याण्ड, लगायतका देशमा पनि यस्तै प्रतियोगिताहरु भईरहेका छन् ।

​हाम्रो छिमेकी राष्ट्र भारतमा पनि सन् २०१२ डिसेम्वर १५ गते भएको टुर दि इण्डिया सन् २०१३ सम्म मात्र कायम रहयो । यसपछि हालसम्म निरन्तरता पाएको छैन । चीनले सन् १९९५ बाट शुरु गरेको टुर दि चाईनाले हालसम्म १३औं संस्करण पुरा ग¥यो । पाकिस्तानले चीनभन्दा अघि सन् १९८३ बाट शुरु गरेको यस यात्रा १६औं संस्करण पूरा गरि सन् २०११ बाट प्रतियोगिता गरेको छैन ।

 होल्याण्डका प्रधानमन्त्री मार्क रूउट
होल्याण्डका प्रधानमन्त्री मार्क रूउट

फ्रान्सबाट प्रभावित भएर उहि नारामा विश्वभर फैलिदै गईरहेको यस प्रकारको प्रतियोगिता नेपालमा हालसम्म भएको छैन । तर पोखरामा साईकल प्रेमीहरुको क्लव साईकल सिटी पोखराले “टुर दि पोखरा”गदैछ । फ्रान्सकै हुने प्रतियोगिता टुर दि फ्रान्सको झल्को दिने गरेर । तर संयोग यो आउदो २९ सेप्टेमवर विश्व मुटु दिवस परेको छ।विश्व साइकल यात्री पुष्कर शाह र मुटु रोग बिशेषज्ञहरू पनि यहि टुरमा हुने हुदा साईकल चलाउदा मुटुलाई असर हैन फाईदा पुग्छ भन्ने चेतना अभिबृद्धि गर्नको लागि पनि यो टुर लाभदायक हुनेछ ।

फेरी के हो भने पोखरा नेपालको सवभन्दा सुन्दर र पर्यटकीय शहर पनि हो । सेप्टेम्वरमा संचालन गरिन लागेको यस टुरको प्रचार प्रसार व्यापक रुपमा भएमा लाग्छ यसले निरन्तरता पाउन सक्छ । युरोप तिर जुलाई, अगष्ट, सेप्टेम्वर साईकिलिङ्ग प्रतियोगिता हुने सिजन हुन।यहि कारण हामीले पनि त्यसलाई निरन्तरता दियौं भने भुकम्प, बाढी पहिरोले थलिएको पर्यटकलाई उकास्न केहि हद सम्म पक्कै सहयोग हुनेछ । फेरी यस खाले प्रतियोगीताले पोखरालाई साईकल मैत्रि शहर वनाउन अवस्य झकझकाउने पनि छ ।

युरोपमा २० औ शताब्दीको शुरूबात तिर साईकल अति नै लोकप्रिय भएको मानिन्छ ।यो स्वर्णिम काल पनि मानिन्छ।तर पनि त्यहाँ त्यो क्रेजमा कमि आएको छैन।सरकारले साईकल लेन बनाउने, साईकलकै लागी ट्राफिक लाईट हालेर आधुनिकीकरण गरिरहेको युरोपमा।होल्याण्डमा प्रधानमन्त्री मार्क रूउट आफ्नो कार्यालय साईकलमा जान्छन् ।यूरोपको यो देश जो अर्थतन्त्रमा विश्वको १६ औ नम्वरमा पर्छ फेरि जसलाई विश्वले साईकलै साइकलको देशको रूपमा पनि चिन्छ।

​त्यस्तै सन २००८ देखि हाल सम्म लण्डनमा मेयर भएका वोरिस जोनसन जस्को चुनावमा लण्डनलाई मिनी होल्याण्ड वनाउने घोषणा गर्छन फेरि आफू पनि स्वयम साईकलमा कार्यालय जान्छन् ।यो पंत्तिकार पनि केहि बर्ष लण्डन हुदाँ लाग्छ यि मेयरले आँफुले चुनावमा घोषणा गरे झै यसैको लागी काम गरिरहेका छन। तर हाम्रोमा यस्तो हुदैन ।

लेखक- मोहनराज बराल 'मुन'
लेखक- मोहनराज बराल ‘मुन’

हजारौंको संख्यामा गुड्ने यातायातको साधनहरुले गर्दा साँघुरिदै र अव्यवस्थित हुदै वातावरणीय र पर्यावरणीय दृष्टिकोण दिन प्रतिदिन जोखिम हुदै जाँदा पनि ध्यान दिइन्न। हामी सोचमा गरिव छौ।साईकल चढनेलाई गरिवको रूपमा हेर्छौ। फेरि के बुझ्दैनौ भने जति धेरै साईकल चढनेहरु बढ्दै जान्छन् त्यति नै शहर स्वच्छ, स्वस्थ र रमणिय वन्दै जान्छ । फेरि हाम्रोमा अहिले बनेका यूरोपियन शैलिका मलहरू,ठुला ठुला अस्पतालहरूमा साईकलको लागी पार्किंग गर्ने ठाँउ हुदैन।

लाग्छ साइकल यात्रुको लागी हेप्ने प्रवृति यहि बाटै शुरू छ। नियमित साईकल चलाउँदा स्वास्थ्यलाई फाईदा पुर्याउँछ।कति रोगहरू त साईकल चलाउँदा निको हुन्छ भन्ने कुरामा मानौ हाम्रा डाक्टरहरू अनबिज्ञ छैनन झै हुन्छ।फेरि नीति निर्माणको तहमा रहेका हाम्रा हाकिम साबहरू पनि युरोप गएकै हुन्छन तर राम्रा कुराहरू नक्कल गरिदैन।मलाई लाग्छ यि कुराहरूमा अवस्य नक्कल गरिनुपर्छ।हाम्रो बागमती भन्दा पनि प्रदुषित रहेको कुनै वेलाको लण्डनको थेम्म नदि हालको थेम्ममा कसरी रूपान्तरण भयो ? यसमा बाग्मतीलाई हालको थेम्स नदी झै बनाउन नक्कल गरेर काम गरिनु पर्छ।

त्यस्तै जापानमा ८० बर्षको बुढा बुढी साईकल चलाउँछन।हामी यस्को नक्कल किन नगर्ने ? फेरि के देखिन्छ भने साईकलको विकास सँगै क्लबहरूको गठन र प्रतियोगिता हुनाले साईकल चढनेहरू बढदै गईरहेको देखिन्छ।मानिसहरू साईकल चढदै गएपछि साईकलले आफ्नो स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव र मैत्री पुर्ण वातावरण बनाउदै जाने हुदै जादा सम्पन्न मुलुकमा नागरिकहरू साईकल चढिरहेका पाउछौ फेरि यो संख्या बढदै पनि गरिरहेको छ।

तर हामी हाम्रोमा लाग्छ चेतना स्तर यो लेबल सम्म छैन।फेरि हाम्रो जस्तो देशहरूमा तितो सत्य के छ भने यो संख्या बढदै गएपछि न हो यस सम्बन्धि हक़ अधिकार पाईने। यस कारण पनि त्यस्ता प्रतियोगिताहरुको आवश्यक हुन्छ । युरोपमा शुरूबात भएको यस कार्यक्रम पोखरामा १ सय १२ बर्ष पछि हुदैछ।तर कार्यक्रम उहि हो शैलि चाहि फरक छ। लाग्छ हामी युरोपकै कार्यक्रमको झै अहिलेकै अवस्थामा गर्न सक्दैनौ।

यदि यस्ता प्रतियोगिताहरुको निरन्तरता रहेमा जरूर त्यहि लक्ष्यमा पुग्न सकिनेछ। हामीले युरोपको शहरमा हुने साईकल कल्चरलाई अनुकरण गरौं ।हाम्रो सोच र आचरणमा परिवर्तन ल्याउ।अन्त्यमा “टुर दि पोखरा” लाग्छ यसपाली “टुर दि फ्रान्स”को मात्रै सानो झिल्को बनेर आगामी दिनमा निरन्तरता पायो भने पक्कै पनि यसले गति लिनेछ।

नेपालमै पोखरालाई साईकल मैत्री शहर बनाउने लक्ष्य सहित शुरू हुन लागेको यस ऐतिहासिक प्रतियोगिताको सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया