राजेशपायलको फुलै फुलको मौसम तिमीलाई,नेपालीनेपाली डटकम मार्फत सार्बजनिक


बार्सिलोना/ मेगास्टार राजेश पायल राईले दिनेश डिसी द्वारा निर्देशित नयाँ चलचित्रको गीत फुलै फुलको मौसम तिमीलाई,नेपालीनेपाली डटकमको अफिसियल युटूभ च्यानल मार्फत सार्बजनिक गरेका छन्। बार्सिलोनामा आयोजित उनको लाईभ प्रस्तुतीलाई खिचेर पहिलो पटक सो गीतलाई नेपालीनेपाली डटकमले सार्बजनिक गरेको हो।

नेपाली चलचित्रको पाश्व गायनका लागि निकै सफल र लोकप्रिय गायक राईको यो गीतलाई पनि दर्शक स्रोताले मन पराउँने अपेक्षा गरिएको छ। २ महिने युरोप यात्रामा रहेका गायक राईले भने,”मैले यो गीत पहिलो पटक बार्सिलोना बासी नेपालीहरु माँझ गाएको हुँ,आशा छ अन्य गीतहरु झैँ लोकप्रिय बन्ने छ।”

एनआरएन स्पेनको आयोजनामा गायक राईले आईतबार बार्सिलोना पहिलो पटक आफ्नो प्रस्तुती राखेका थिए। दशै र तिहारको उपलक्ष्यमा राईको साथमा बिशेष साँगितिक साँझ सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया