दुई भारतीय सूटरद्वारा पूर्वगृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास विफल


काठमाडौं ।पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास विफल भएको छ । दिउँसो साढे एक बजे उनको गृहनगर नजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोली हान्ने प्रयास गरेका थिए ।

नवलपरासी बरेडवा दुबैलिया गाउँमा गएमा उनीमाथि मोटरसाइकलमा आएका भारतीय सुटरले पेस्तोल ताकेका थिए ।

तर, कँडेलका अंगरक्षकले उनीहरुलाई नियन्त्रणमा लिएको नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिएका छन् । आक्रमण गर्न आएका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जागेन्द्र पासवान र उज्जल गर्तौला छन् ।