स्पेनका राजकुमारलाई बज्रपात, दुर्घटनामा भाईलाई गुमाए,जन्मदिन मनाउँने सपना अधुरै”


तस्बिर:- स्पेनबासी राजकुमार केसीका भाई राजेन्द्र केसी,दुर्घटनामा परी उनले ज्यान गुमाएका छन्।
तस्बिर:- स्पेनबासी राजकुमार केसीका भाई राजेन्द्र केसी,दुर्घटनामा परी उनले ज्यान गुमाएका छन्।

बार्सिलोना/ स्पेन निबासी ३० बर्षिय राजकुमार केसीले जिन्दगीमा यस्तो कहिल्यै कल्पना गरेका थिएनन्। दैवको लिला टारेर टर्दैन भनिन्छ,आज यस्तै पारिबारिक पिडा भोगीरहेका छन् राजकुमार केसीले। दशै मनाउँन २८ बर्षिय श्रीमती भवानी केसी र २ बर्षिय छोरी निकोल केसीको साथमा नेपाल गएका थिए।

हाँसी खुसीका साथ दशै मनाएका केसीलाई,शनिबार मुस्ताङको लेत गाविसस्थित बेनी–जोमसोम सडकमा बोलेरो जीप दुर्घटना भएपछि ठुलो ब्रजपात परेको छ। सबै खुसी दैवले चुडिँदिएको छ । दुर्घटनामा पछि उनले भाई राजेन्द्र केसीलाई गुमाएका छन्।

दुर्घटनामा परि राजकुमार श्रीमती सँगै आँफु पनि घाईते भएका छन्। तर छोरी निकोल भने सकुशल छन्।घाईते दुवै जनाको अबस्था सामान्य रहेको छ।

नोट:- पहिलो तस्बिर स्पेनबासी राजकुमार केसीका भाई राजेन्द्र केसीको हो। दुर्घटनामा परी उनले ज्यान गुमाएका छन्।

घटनाबारे स्थ्नानीय मिडिया बेनी अनलाईन के लेख्छ ?

शनिबार छोरा सङराज केसीको जन्मदिन थियो । घरमा जन्मदिन मनाउने भब्य तयारी भइरहेको थियो ।पहिलोबर्षमा प्रवेश गरेका सङराजको जन्मदिनमा सहभागि हुन मुस्ताङ पुगेका राजेन्द्र केसी(स्पेनबासी राजकुमारका भाई) समेत आफ्नो दाईभाउजुसँग घर फर्कदै थिए । घरबाट छोराले तोते बोलीमा बाबालाई बोलाइरहेको थियो ।

)शुक्रबार मुस्ताङ पुगेका उनिहरू घुमेर शनिबार घर फर्कदै गरेका बेनी नगरपालिका–७ भिमसेन टोलका यूवा राजेन्द्रको धोको अधुरै भएको छ । शनिबार मुस्ताङको लेत गाविसस्थित बेनी–जोमसोम सडकमा बोलेरो जीप दुर्घटना भएपछि राजेन्द्रको सबै खुसी दैवले चुडिँदिएको छ ।

दुर्घटना पछि जीप
दुर्घटना पछि जीप

छोराको जन्मदिन मनाउने घर फर्कने क्रममा ग १ च ९३६९ नम्बरको बोलेरो सडकबाट १ सय मिटर तल खसेको थियो । ‘जन्मदिन मनाउँदै गर्नुहोस्, म आउँछु भन्थ्यो’ परिवारिक स्रोतले भन्यो । घटनालगत्तै राजकुमारले घरमा फोन गरेपछि बुबा र भान्जाहरू वास्तविक बुझ्न बाहिर निस्किएका थिए ।

स्पेनमा रहेका दाजुभाउजुसंगै मुस्ताङ घुम्न गएका थिए । दुर्घटना हुनुपुर्वक बाटोबाट घरमा समेत पटकपटक टेलिफोन सम्पर्क भएको थियो । दुर्घटनास्थलभन्दा करिव २ मिनेट अगाडी ब्रेकले काम नगरेपछि मर्मत गरिएको थियो । मर्मत गरेको दुईमिनेट नवित्तै दुर्घटना भएको मुस्ताङ प्रहरीले जनाएको छ । ‘सबैलाई फर्कने हतार नै थियो जस्तो देखिन्छ ।

दुर्घटनामा परी ज्यान गुमाएका राजेन्द्र आफ्नो छोराको साथमा
दुर्घटनामा परी ज्यान गुमाएका राजेन्द्र आफ्नो छोराको साथमा

चालकले आफै मर्मतका रहेछन्’ मुस्ताङका ट्राफिक जवान कमल बहादुर खत्रीले भने । प्रहरीको भनाई अनुसार पनि राजेन्द्रको परिवारको लक्ष्य घरमा छोराको जन्मदिन मनाउने रहेको थियो । दुर्घटनामा सवारीचालक बेनी नगरपालिका–९ का हरी चोखाल, बेनपा–६ का २८ बर्षिय मन्दिप शाक्य, उनकी श्रीमति २५ बर्षिया दिपा शाक्य,६ बर्षिय छोरा एनिस शाक्य, बेनपा–७ का ३० बर्षिय राजकुमार केसी, उनकी श्रीमति २८ बर्षिय भवानी केसी घाईते भएका छन्। दुई बालबालिका समान्य उपचारपछि घर फर्किएका छन् ।

राजकुमारको पारिबारिक घटनाले स्पेनबासी शोकमा

दुर्घटनामा भाईलाई गुमाएका स्पेनबासी राजकुमार केसीको पारिबारिक घटनाले स्पेनबासी नेपालीहरु शोकमा डुबेका छन्। अत्यन्तै सरल र मिजासिला स्वभाबका राजकुमार,उनकी श्रीमती भवानी लगायत घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामाना गरेका छन्।

 

स्पेन निबासी राजकुमार श्रीमती र छोरीको साथमा
स्पेन निबासी राजकुमार श्रीमती र छोरीको साथमा

आईतबार साँझ दिपावली कप फुटबल भईरहँदा घटना बारे थाहा भए पनि खेल मैदानमा सहभागीहरु निकै निराश देखिएका थिए। केसी दम्पत्ती स्वास्थलाभ गर्दै छिट्टै फर्किउन् भन्दै स्पेनबासी नेपालीहरुले कामाना गरेका छन्।