कर्णदास १० बर्ष पछि संगीतको दोश्रो अध्यायमा (भिडियो हेर्नुहोस्)


स्पेन। गायक कर्णदास १० बर्ष पछि संगीतको दोश्रो अध्यायमा फर्किएका छन्। नयाँ एल्बम लिएर आउने तयारी गरीरहेका गायक लामो समय पछि नेपाली संगीतको नयाँ अध्यायमा प्रबेश गरेका हुन्।एक दशक लामो अमेरिका बसाई पछि गायक कर्णदास हालै मात्र नेपाल फर्किएका हुन्। स्वदेश फर्केसँगै आफ्नो नयाँ सोलो एल्बम सन् २०१६ मा रिलिज गर्ने तयारीमा उनी जुट्न लागेका छन् ।

कर्णदासको संगीत यात्रा

हुन त वि.स.२०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट डेब्यू गरेका कर्णदासलाई साथीहरुले तिम्रो स्वर राम्रो छ गीत गाऊ भन्न थाले । यसबाट उत्साहित बनेका उनले साथीहरुसँग मिली मध्यान्हब्याण्ड स्थापना गरे । २०५३ व्याण्डमार्फत् ‘मध्यान्न–१’ नामक एल्बम श्रोतामाझ पस्किए । यस एल्बमबाट मध्यान्हसमूह र कर्णदासको चर्चा नेपाली साँगीतिक फाँटमा चुलीन पुग्यो । त्यसपछिका उनका गीत एकपछि अर्को चर्चाको शिखर चुमे ।

‘मध्यान्न–१’ लाई श्रोताले औधी रुचाएपछि विभिन्न साँगीतिक कार्यक्रममा समेत यो समूहको माग हुन थालेको थियो । साँगीतिक फाँटमा संघर्ष गर्न काठमाण्डौ हानिएका यो समूहका सदस्यहरुले श्रोता शुभचिन्तकको राम्रो साथ पाए । पहिलो एल्बमबाट पाएको सफलतासँगै दोस्रो एल्बम निकाल्न हौसीएको यो समूहले २०५४ मा ‘मध्यान्न–२’ नामक एल्बम निकाल्यो यस एल्बमबाट कर्णदासको लोकप्रियता बढेर गयो ।

यसरी श्रोता दर्शक तथा शुभचिन्तकबाट पाएको सर्पोटसँगै उनले २०५६ मा पहिलो सोलो एल्बम ‘बेर्थै फेरी’ बजारमा ल्याए यसबाट उनी सोलो गायकको रुपमा समेत स्थापित बन्न पुगे । हरेक एल्बमबाट पाएको सफलतासँगै उनको चर्चा अनि व्यस्तता बढेर गयो विभिन्न चलचित्रका गीत राष्ट्रभावले ओतप्रोत लगायत सबै विधाका गीतमा आफ्नो सुमधुर आवाज भर्न भ्याए । सबै विधाका गीतको माध्यमबाट उनले श्रोताको राम्रो साथ पाए ।

पुनः तेस्रो एल्बम ‘मध्यान्ह–३’ निकाले । यो एल्बमले समेत यो समूहको लोकप्रियता बढ्न पुग्यो । यसपछाडि भने उनले समुहलाई निरन्तरता दिन सकेनन् । सोलोगायककै रुपमा क्यारीएर अगाडि बढाउने निर्णय गरे फलस्वरुप २०५९ मा दोस्रो सोलो एल्बम ‘पुरानो डुङ्गा’ मार्फत निरुन्तरता दिए । दुई वर्षको अन्तरालमा तेस्रो सोलो एल्बम ‘आधा सपना’ श्रोतामाझ पस्किए ।

२०६३ मा ‘प्रित’ नामक चौथो सोलो एल्बम बजारमा पस्केका थिए । झण्डै दश वर्ष एल्बम बजारमा ल्याउन नसकेपनि अब भने व्याण्ड र सोलो गायन दुवैलाइ सँगसगै अगाडि बढाउने योजना उनले बनाएका छन् । मध्यान्हसमुहलाई पनि निरन्तरता दिनका लागि व्याण्डका साथीहरुसँग कुरा भैरहेको उनले बताएका छन् । ‘सबै व्याण्ड मेम्बरहरु फाइनान्सीयल रुपमा सक्षम भएकोले पनि निरन्तरता दिन सहज हुने छ’ उनले भने ।
झण्डै १२ सय गीतमा आवाज भरीसकेका उनलाई हाल सम्म थुर्पै संघ–संस्था मार्फत सम्मान समेत गरीसकेका छन् ।

२०५४ मा आयोजित माछापुच्छ«े म्युजिक कन्टेस्टमा मध्यान्हसमूहबाट बेष्ट व्याण्ड, बेष्ट लिरीक्स र वेस्ट भोकलमा बाजी मारेका थिए । हिट्स एफ एमले आयोजना गरेको हिट्स एफ एम म्यूजिक अवार्ड २०५५ मा रेकर्ड अफ द एयर र वेस्ट पर्फमेन्स फर ग्रुप, २०५६ मा वेस्ट पर्फमेन्स फर गु्रप, २०५८ मा वेस्ट भोकल पर्फमेन्स, २०५९मा वेस्ट भोकल पर्फमेन्स, २०६० मा वेस्ट भोकल पर्फमेन्स र रेकर्ड अफ द एयर प्राप्त गरीसकेका छन् ।