यसरी मनाईयो,नेपाल बेलायत सम्बन्ध दुई सय बर्ष गाँठ


लन्डन । नेपाल बेलायत कूटनीति सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा लन्डनमा विशेष कार्यक्रम आयोजना गरिएको छ । बेलायतको विदेश मन्त्रालयद्वारा बुधवार आयोजना गरिएको विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतको सम्बन्ध ऐतिहासीक रहेको बताए । समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले बेलायतले नेपाललाई भूकम्प पछि मात्र करिब ७५ मिलियन पाउण्ड सहयोग गरेको जानकारी दिए ।

उनले नेपाल र बेलायतको सम्बन्ध सुघौली सन्धी देखीनै ऐतिहासीक रहेको स्मरण गरे । समारोहमा डिएफआइडीका प्रतिनिधि, बेलायतस्थित सरकारी अधिकारी, नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, व्यवसायी, प्राज्ञिकब्यक्तिहरुको जमघट थियो । दक्षिण एशियामा बेलायतले नेपालसँग स्न १८१६ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको हो । यो कूटनीतिक सम्बन्ध नेपालको पहिलो हो भने दक्षिण एसियामा बेलायतसँग सम्बन्ध बनाउने राष्ट्र पनि नेपाल पहिलो थियो ।

12366562_10153207768483639_725490670_n-525x700

नेपालमा गत वैशाखमा गएको भूकम्पका बेला बेलायतले नेपाललाई मानवीय सहायता स्वरुप करिब ७० मिलियन पाउण्ड सहयोगको प्रतिबद्धता जनाएको थियो । बेलायतले नेपालमा बर्षेनी करिब १ सय मिलियनभन्दा बढी सहयोग उपलब्ध गराउदै आएको छ ।

702866_10153207763903639_1491275565_n12345506_10208630582708926_5064452108315592294_n12388192_10153207763788639_452990431_n