साफ च्याम्पियनसिपमा नेपाल भारत भिड्दै (लाईभ हेर्नुहोस् )


साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध सुरुवाति अग्रता लिएको छ । केरलामा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध तेस्रो मिनेटमा नै गोल गरेको हो ।
नेपालका लागि विमल घर्ती मगरले गोल गरे । नवयुग श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएको बलमा बिमलले गोल गरे ।
यससँगै नेपालले ११ खेलमा गोलको खरेडी तोडेको छ ।