युरोपमा चम्किदै बिनय,१३ बर्षको उमेरमै तेक्वान्दोमा जिते ६० पदक


-बसन्त रानाभाट
बार्सिलोना /युरोपियन मुलुक अष्ट्रियामा नै जन्मेर,आफ्ना बाबु आमा सँग बढ्दै र हुर्कदै आएका बिनय कार्की उमेरले मात्र अहिले १३ बर्षका भए। तर यति सानो उमेरमा पनि आफ्नो जादुमय खेल प्रदशन गर्दै तेक्वान्दोमा करिब ६० बटा पदकहरु जितिसकेका छन्। ६ बर्षको उमेरबाट खेल्न सुरु गरेका उनले अष्ट्रियामा भएका प्रतियोगितामा २५ र अन्तराष्ट्रिय स्तरका ३५ पदकहरु जितेका हुन्। सन् २०१३ मा जर्मनीमा सम्पन्न भएको फस्ट वर्ल्ड चिल्ड्रेन तेक्वान्दो च्याम्पियनसिप, जिते पछि उनि अन्तराष्ट्रिय मिडियाहरु पनि छाउँन थाले।

नेपालीनेपाली डटकमलाई अष्ट्रियाबाट टेलिफोन सम्पर्कमा पिता बिकास कार्कीले भने,” छोराको अदभुत खेल कलाले मलाई मात्र हैन सम्पूर्ण नेपाल र नेपालीहरुलाई शिर ठाडो बनाएको छ। वर्ल्ड चिल्ड्रेन च्याम्पियनसिप जिते पछि युरोप लगायत अष्ट्रीयन मिडीयाहरुले चासो दिए,तर नेपाली मिडियाहरुमा खासै थाहा भएँन। तर उसको ठुलो सफलता हो,बिस्तारै तपाइँहरुले पनि सम्पर्क गर्नु भएको छ यसले झन् हामी सबैलाई हौसला मिलेको छ।”

बिनयले हंगेरीको बुढापेस ओपनमा २ पटक गोल्ड,स्लोभाकिया स्थित ब्रातिसलाभा ओपनमा ३ पटक गोल्ड,जर्मनीमा सपन्न बायन ओपनमा पनि १ गोल्ड तथा १ सिल्भर मेडल जितेका छन्। यस्तै उनले बर्लीन ओपन ,पेरिस ओपन,लण्डन ओपन,लगायतका महत्वपूर्ण प्रतियोगिताहरु सहभागिता जनाउँदै पदकहरु जितिसकेका छन्।

जर्मनीमा नै १० शहरहरुमा पुगी,छुट्टाछुट्टै प्रतियोगीतामा सहभागिता जनाउँदै ७ बटा पदक चुमेका छन्। यस्तै तिन पटक मात्र अष्ट्रियाको च्याम्पियन्स बनिसकेको छन्। हाल १२ – १५ बर्षको उमेर समुहबाट ४१ केजी मुनि उनले प्रतिस्पर्धा गरिरहेका छन्।

world childern champions१३ बर्षका बिनयले टेलिफोनमा कुराकानी गर्दै भने,” म एक दिन नेपालका लागि खेल्न चाहन्छु र जित्न चाहान्छु। ४ बर्ष अघि नेपाल गएको थिए धेरै राम्रो लाग्यो। हाम्रो नेपाल धेरै राम्रो छ,माउन्ट एभरेष्ट पनि छ मलाई धेरै मन पर्छ।” बिनयले प्रष्ट नेपाली बोल्दै आँफुलाई जर्मनी,अग्रेजी र फ्रेन्स भाषा पनि आउँने बताए। एक दिन नेपालको तर्फबाट ओलम्पिकमा भाग लिदै गोल्ड मेडल जित्ने आफ्नो सपना पनि सुनाए।

बिगत १५ बर्ष देखि अष्ट्रियामा बस्दै आएकी बिनयकी आमा निरु कार्कीले बिगतलाई सम्झदै भनिन्,” छोरा जन्मे पछि यसलाई फुटबल खेलाउँने सपना थियो,तर बाबुलाई तेक्वान्दो प्रति रूचि भएकोले फेरि सानै उमेरमा तेक्वान्दो एकेडेमीमा भर्ना गरिदियौ। अहिले यसमा नै धेरै राम्रो गरिसकेको छ। तेक्वान्दो अलवा फुर्सदको समयमा फुटबल,स्केटिङ,स्कीइ,पौडीमा पनि चासो दिने गर्छ।” यी सबै खेलहरुमा अब्बल रहेका बिनय फुटबलका समेत राम्रा खेलाडी भएको उनि बताउँछिन्।

अष्ट्रियाको राष्ट्रिय टिमबाट खेल्ने अबसर

अष्ट्रिया भर रहेका १५० बटा क्लबमा रहेका हजारौ खेलाडीहरु मध्ये बिनय कार्की अष्ट्रियाको तर्फबाट तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन्। सन् २०१४ फेब्रबरीबाट राष्ट्रिय टिममा आबद्द बिनयले जर्मनीको पार्क कपमा अष्ट्रियालाई कास्य पदक दिलाएका थिए।

मेडल नै मेडल सजिएको बिनयको घर
मेडल नै मेडल सजिएको बिनयको घर

सन् २०१५ मा सम्पन्न डेनमार्क,क्रोयसिया र फ्रान्समा भएका प्रतियोगिताहरुमा पनि उनले क्वाटरफाईनल सम्मको यात्रा तय गरे। बिश्वभरबाट तेक्वान्दोमा सहभागिता जनाएका खेलाडीहरुसँग कडा प्रतिस्पर्धा माँझ पनि उनले राष्ट्रिय स्तरको यस्तो सफलता पाएका हुन्।

 चर्चित क्लब ओबर्न ड्रफमा आबद्द

तेक्वान्दो खेल्ने खेलाडीहरुको लागि सपनाको क्लब मानिने अष्ट्रियाको बहु चर्चित क्लब ओबर्न ड्रफमा बिनय हालै आबद्द भएका छन्।निकै प्रतिष्ठित मानिएको सो क्लबको आबद्दता सँगै उनको भविष्य झनै चम्किने अपेक्षा गरिएको छ। सन् २०१६ मा सोहि क्लब या राष्ट्रिय टिमबाट प्रतिस्पर्धामा गर्ने अबसर पाउँने हुँदा उनले जित्ने पदकहरु झनै महत्वपूर्ण हुने देखिएका छन्।

binaya photoअभिभाबकका अनुसार यस बर्षका लागि बिभिन्न देशहरुमा गरी उनले १६ बटा प्रतियोगिताहरुमा सहभागिता जनाउँने निश्चित भईसकेको छ। यसै बर्ष अक्टोबरको अन्तिम तिर मेसिगन ओपनमा सहभागी हुन बिनय अमेरिका समेत जाने भएका छन्। यस्तै  जनवरी २२ देखि २४ तारिक सम्म जर्मनीमा र फेब्रबरी १२ देखि २० सम्म टर्कीमा हुने तिन छुट्टाछुट्टै प्रतियोगितामा सहभागिता जनाउँदै छन्।

क्लबमार्फत उनले फेब्रबरी अन्त्यतिर स्लोभेनिया ओपन तथा मार्चमा हुने बेल्जियम ओपनको प्रतिस्पर्धामा समेत सहभागिता जनाउँदै छन्। पढाईलाई पनि निरन्तरता दिनु पर्ने हुँदा केहि महत्वपूर्ण खेलहरुमा मात्र सहभागि भईरहेको उनका अभिभाबकहरु बताउँछन्।

नेपाली राष्ट्रिय टिमबाट खेल्ने लक्ष्य

अष्ट्रियामा नै जन्मेर यतै खेल खेलिरहेका भए पनि बिनयलाई भित्रि मन देखि नै नेपालको राष्ट्रिय टिमबाट खेल्ने रहर छ। उनलाई मात्र नभई आँफुहरुलाई पनि चाहाना भएकाले यसको लागि पहल गर्न, नेपाल पुगेको पिता बिकास कार्की बताउँछन्।वर्ल्ड च्याम्पियन बने पछि पिता सँग

वर्ल्ड च्याम्पियन बने पछि पिता सँग

आफ्नो अनुभव सुनाउँदै कार्कीले भने,”सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा गएर कुराकानी गरे। सबै कुराहरु सुनाए,भिडियो देखाए, सहभागिता जनाउँदै आएको प्रतियोगिताहरु र जितेका पदकहरु बारे पनि भने। तर त्यहाँ रहेका कर्मचारीले जिल्ला,अञ्चल,क्षेत्रमा जित्दै राष्ट्रिय खेलाडीमा छनोट हुनु पर्ने बताए।”

एउटा राम्रो खेल खेलिरहेको खेलाडीलाई कसरी राष्ट्रिय टिममा आबद्दता गराउँने भन्ने मापदण्ड नभएको बताउँदै कार्कीले थपे,” मेरो छोरा प्रतिस्पर्धा गर्न तयार छ,तर छनोट गर्ने एउटा प्रक्रिया हुनु त पर्यो नि,सिधै जिल्लामा गएर प्रतिष्पर्धा गर भन्न सुहाएन नि। बिदेशमा बसेका प्रतिभाबान खेलाडीहरुलाई राष्ट्रिय टिममा कसरी समाहित गर्ने भन्ने योजना नै संघमा मैले देखिन।” उनले भने।

यता हालै मात्र खेल क्रियाकलाप प्रबर्द्धन गर्न आपसी सहकार्य गर्ने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच हालै मात्र सम्झौता भईसकेको छ। दोस्रो पुस्ताका प्रतिभाशाली खेलाडीको प्रतिनिधित्वका बिषयमा बिबाद देखिएपछि गैरआवासीय नेपाली संघले नेपाली पासपोर्टधारी त्यस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागिता सुनिश्चित गर्न पहल गर्दै सम्झौता गरेको हो। यो सँगै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको राष्ट्रिय टीमबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउँने बाटो खुल्ला भएको छ।

छोराको भविष्यको लागि अभिभाबकको माया

यस अघि बिनयको भविष्यलाई सुनिश्चित गराउँनको लागि उनका अभिभाबकहरुले करिब ३० हजार भन्दा बढी युरो खर्च गरिसकेका छन्। एकेडेमीमा तालिम गराउँदा र प्रतियोगितामा सहभागिता गराउँन पनि आँफै लिएर जानु पर्ने हुँदा खर्च हुने गरेको अभिभाबकहरु बताउँछन्। तर बिनय हाल राष्ट्रिय टिम वा क्लबबाट नै प्रतियोगितामा सहभागी हुने हुँदा खर्च नलाग्ने उनिहरु बताउँछन्।binaya 123बिनयका पिता बिकास कार्की सन् १९८८ अष्ट्रियामा होटल म्यानेजमेन्ट पढ्न आएका थिए। पछि उनलाई नर्बेजियन क्रुजमा काम गर्दै गर्दा,अमेरिकाको मायामी स्थित होटलमा काम गर्ने अबसर पनि मिल्यो। तर देशमा नै केहि गर्ने भनी सन् १९९२ मा नेपाल फर्किए।

तर आँफुले सिकेको कामलाई सदुपयोग गर्ने बाताबरण नमिले पछि पुन: त्यही बर्षमा अष्ट्रियामा नै फर्केको बताउँन्। हाल उनि पाँच तारे होटलमा सहायक सेफको रुपमा कार्यरत छन्। आँफु पनि सितोरियो करातेको खेलाडी भएको स्मरण गर्दै छोरालाई नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी  बनाई छोड्ने दृढता बोकेका छन्।

तपाईको प्रतिक्रिया