डिआईडि लिटिल मास्टर बिजेता, तेरिया मगर स्पेन आउँदै


बार्सिलोना/ डान्स ईन्डिया डान्स “लिटिल मास्टर” बिजेता नेपाली चेली तेरिया मगर स्पेन आउँने भएकी छन्। मगर संघ स्पेनले फ्रेबुबरी १४ तारिक आईतबार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै तेरियालाई निमन्त्रणा गरेको हो। लिटिल मास्टरको प्रतियोगितामा भाग लिंदा तेरियाको नृत्य कलाबाट प्रभावित बनेका स्पेनबासी नेपालीहरुले प्रत्यक्ष कार्यक्रममा उनि सँगै झुक्ने भएका छन्। देश विदेशका कार्यक्रमहरुमा ब्यस्त बनेकी तेरियाले केहि दिन अघि बेल्जियमका नेपालीहरुलाई पनि नचाएकी थिईन्।

मगर संघ स्पेनका उपाध्यक्ष राजु थापाले ढिलै भए पनि माघे सँक्रान्ती सहित बिशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। कार्यक्रमका संयोजक समेत रहेका थापाले भने,” तेरिया नेपाल कि प्रतिभा हुन्,उनको कलाले सबैको मन छोएर छ,युरोप आएको बेला यहाँका नेपालीहरुले पनि उनको कलालाई नजिकबाट बुझ्न पाउन् भन्नाका खातिर छोटो समयमा कार्यक्रमको तय गरेका हौ।”

तेरियाको साथमा सालैजु गायिका लाली बुढाथोकी र लोक गायक सुमन बुढामगरको पनि प्रस्तुती रहने संघले जनाएको छ। डीआईडी लिटिल मास्टर तेरियाको प्रस्तुत हेर्ने सुनौलौ अबसर रहेको भन्दै,कार्यक्रममा उपस्थित भई सफल बनाउँन संघले स्पेनबासी नेपालीहरुलाई अनुरोध गरेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण :

मिति :- १४,फेब्रबुरी आईतबार,२०१६
समय:– (१५:३० देखि १७:३० खाना,) १७:३० बाट कार्यक्रम सुरु
स्थान:– MARSE FORUM, L4, CALLE JOSEP PLAZA,40
टिकट:– १० युरो ( एकै परिबारका ३ जना भन्दा धेरै भए,बाँकी सदस्यलाई निशुल्क)