राजेशपायल र मौसमीको भ्यालेंटाइन साईप्रसमा


बार्सिलोना/ राई ईज किङ्गको रुपमा परिचित नेपाली चर्चित गायक राजेशपायल राई र गायिका मौसमी गुरुङले साईप्रसलाई प्रेममय बनाएका छन्। १४ फ्रेब्रअरी अर्थात भ्यालेंटाइन डेमा आयोजित कार्यक्रममा साईप्रसलाई प्रेम मय बनाएका हुन्।

गायक राईले “अर्को जुनी कुन्नि भेट हुने कि नहुनी,यही जुनीमा माया गरु नि” नेपाली चलचित्र राम पियारीको शिर्ष गीत गाउँदा प्रेम दिबसमा बाताबरण प्रेम मय बनेको थियो। गीत गाउँदै गर्दा उनिसँग सेल्फी खिचाउँनेहरुको पनि तछाडमछाड नै देखिन्थ्यो।

साइप्रसको निकोसिया लिमासोल ,पाफोस लगायत लगायतका ठाउँहरुबाट आएका दर्शकको भिड हल खचाखच नै बनेको थियो। गायक राईले फूलै फूलको मौसम तिमीलाई जस्ता नयाँ गीत देखि फैलियो माया दुबोसरी जस्ता सदाबार गीत सम्म दर्शकलाई सुनाउँन भ्याए। आफ्ना चर्चित गीतहरु सागर सरि चोखो माया , नाई नभन्नु ल,मोहनी लाग्ला है, दर्शन नमस्ते लगायतका गीतहरुलाई पनि राईले छुटाएनन्।

12698150_978081175618309_5954418509885469557_o-2प्रणय दिबास तथा सोनाम ल्होसारको अवसर पारेर ब्रिटिश गोर्खा परिवार साइप्रसले लिमासोलमा आईतबार आयोजना गरेको कार्यक्रममा गायिका मौसमी गुरुङ्ले पनि दर्शकलाई धित मर्ने गरी नचाईन्। गायिका मौसमी गुरुङ “च्याङ्बा होइ च्याङ्बा , कान्छी है कान्छी,चोरेर लग्यो यो मन कतै लगायतका चर्चित गीतहरु प्रस्तुत गरिन्।

कार्यक्रममा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्ल,आयोजक ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार ,सुरेन्द्र तम्लिंग ,गौतम गुरुङ , गोबिन्द सिरिश ,जुगप्रसाद जुग्जेली,भिमराज गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सिल्भर इन्टरटेनमेन्ट नेपालले कार्यक्रमको ब्यस्थापन गरेको हो।

 

12672033_978074965618930_2120895638668890054_o12716036_978071945619232_4470357312315561512_o12747354_978068662286227_3619019708242785029_o12710972_978076482285445_5197661089446282638_o12694535_978078362285257_730913987482141483_o तस्बिर :- बिरेन मगर