यस कारण गगन थापा महामन्त्री बन्नु पर्छ (बिचार)


प्रकाश ढकाल

देशमा २०४६ सालको परिवर्तन पश्चात पनि त्यसलाई संस्थागत गर्न नसक्दाको परिणाम २०६२/६३ को जनआन्दोनलमा जनाताले वलिदानी दिनु पर्यो त्यसैबीचमा पनि जनयुद्धको नाममा हजारौं नेपालीहरुले सहादत प्राप्त गरे ।

आज २०७२ सालमा आइपुग्दा पनि पच्चीस वर्षदेखि सरकारमा अनि देशका सबै ठुला पार्टीमा तीनै नेता र उही प्रवृत्तीले हालीमुहाली गरिरहेको सन्दर्भमा यो लेख केन्द्रीत रहेको र अब नयाँ पुस्ता नेपाली कांग्रेसमा मात्र हैन की अन्य पार्टीहरुमा पनि तयार भैसकेको कारण नयाँपुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ र नेपालमा युवापंक्ती र विचार तयार भैसकेको परिप्रेक्ष्यमा जुनसुकै पार्टीमा किन नहोस युवा र नयाँ पुस्ता नेतृत्व लिन सक्षम छ भन्ने परिवर्तीत सन्दर्भमा रहेर यो लेख लेखिएको हो ।

नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा केन्द्रिय सदस्य तथा युवा नेत नेता गगन थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गरे पछि अहिले कांग्रेस भित्र एउटा तरंग नै आएको छ । उनको यो निर्णय सहि र उचीत समयमा आएको मान्नु पर्छ । थापा ती नेता मध्यमा पर्दछन जो विगतको महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याएर केन्द्रिय सदस्यमा जितेका हुन् तर त्यो दम्भ र अहंकार न उनले कहिल्यै देखाए न त पार्टी भित्र कुनै गुट र उपगुट नजिक नै भए ।

पार्टी संगठनमा निरन्तर लागिरहने व्यक्तीमा उनी पर्दछन । युवा उमेर भएकोले होला उनीसंग जोश, जाँगर र उर्जा सबै छ र पार्टीको काममा धुवाँ, धुलो, घाम,पानी, झरी नभनीकन दिनको १६ घण्टासम्म खट्न सक्ने पार्टीभित्र भएका थोरै नेता मध्यमा उनी पर्दछन । पार्टी भित्र निकै राम्रो सांगठनिक क्षमता भएका थोरै नेता मध्यमा थापा पर्दछन । उनीमा प्रशस्त संभावनाहरु रहेका छन् । यी र यस्ता थुप्रै दावाका आधारमा उनी महामन्त्री बन्नु पर्छ ।

Screen Shot 2016-02-17 at 21.51.12थापा जतिबेला नेपाल विधार्थी संघको महामन्त्री थिए त्यतिबेला उनलाइ ने.वी. संघको अध्यक्ष हुने ठुलो धोको थियो यसकारण की नेपाल विधार्थी संघको खस्कंदै गएको साख र तात्कालीन माओवादीको प्रभावको कारण धेरै विकट जिल्लाहरुमा छिया छिया भएको संगठनलाई नयाँ जीवन दिनको लागि ।

तर उनको त्यो इच्छा पुरा हुन सकेन पार्टी भित्रैबाट  उनलाई पन्छाउने काम भयो तर पनि उनी अविचलीत रहे । समयले कोल्टो फेरेसंगै ६२/ ६३ को आन्दोलनबाट उनी नेपाली कांग्रेस पार्टीमै स्थापित नेता बने । उनको असाधारण सांगठनिक क्षमताका कारण यो सबै सम्भव भएको थियो । पाखा लगाएर पनि पुन: काखमा फर्कने क्षमता उनमा भएको कारण आज उनी पार्टीभित्र स्थापित नेताका मात्र हैन हरेक कार्यकर्ताको मनमा पनि छाउन सफल छन् ।

नेपाली कांग्रेस पार्टी भित्र गुट र उपगुट छ जसका कारण पार्टी एउटा तदर्थ जस्तो काम गर्ने केहि अधिकार नै नभएको जस्तो सावीत हुँदै आएको छ । केन्द्रिय समितिका धेरै सदस्यको कुरा सुनिंदैन र राष्ट्रिय राजनीतिमा ठुलो दल भएर निर्वाह गर्नुपर्ने भूमिकामा पार्टी संधै विचलीत हुँदै आएको छ । अधिकांस शिर्ष नेताहरुको निर्णय क्षमता कमजोर छ, कुन अडानमा कसरी प्रश्तुत हुने अनि राष्ट्रिय राजनीतिमा कस्तो निर्णय गर्ने भन्ने द्धिविधा बाट पार्टी गुजरीरहेको छ जसको कारण पार्टीले हालसम्म ठुलो मूल्य चुकाइसकेको छ ।

गुट र उपगुटका कारण पार्टीले बेलाबेलामा ठुलो मूल्य चुकाउँदै आएकोले गुट उपगुटको अन्त्य हुनुपर्छ भनेर खुल्ला रुपमा नडराईकन बोल्ने  केन्द्रिय सदस्य हुन् र यो कुरा उनले उनी निर्वाचीत भएको पहिलो केन्द्रिय समितिको बैठकमा राखेका थिए । उनी निडर छन्, प्रशस्त सम्भावना भएका छन्, क्षमतावान छन्, नीति निर्माणमा सफल छन्, नेपाल निर्माणको लागि योजना छन् यी र थुप्रै अन्य विषयका कारण उनी नेपाली कांग्रेसको महामन्त्री हुनुपर्छ भनेर दावा गरिएको हो ।

समयले धेरै कोल्टो फेरिसकेको छ । आजको एक्काइसौँ शताब्दीमा पनि अब पार्टीलाई जीवन्त बनाउन जरुरी भएको सन्दर्भमा उनको उम्मेदवारी सहि हो । अब पार्टी पुरानो ढर्रा र प्रवृत्तीबाट चलन सक्दैन भन्ने मान्यता अनुरुप उनको उम्मेदवारी हो । आज कांग्रेस पार्टी कुन अवस्थामा छ र गुट र उपगुटको चंगुलमा कसरी फसेको छ भनेर सामान्य कार्यकर्ताले पनि आंकलन गर्न सक्छ । कार्यकर्ताको टाउको दुखाइको विषय नै यहि भएको छ र यो चंगुलबाट निकाल्नको लागि पनि उनी महामन्त्री बन्नु जरुरी छ ।

समस्या नेतृत्वमा छ त्यसकारण नेतृत्व फेरिनु पर्छ भन्ने मान्यताका साथ् आएको उनको उम्मेदवारीले पार्टीलाई सांगठनीक रुपमा बलियो मात्र बनाउदैन की पार्टीलाई सुधारको बाटोमा लैजाने एउटा कडीको रुपमा रुपमा पनि हेरिनु पर्छ । हाल हुन गैरहेको महाधिवेशनमा देशभरबाट करीब ५७ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधीहरु चयन भएर आएको आंकलन छ  र त्यसमा अधिकांस युवा छन् । यसले के देखाउंछ भने पार्टी अब पुनर्संगठनको संघारमा छ र त्यो अभिभारा पुरा गर्नको लागि पनि उनी महामन्त्री बन्नु जरुरी छ ।

चाहे त्यो त्रि चन्द्र क्पाम्पसको स्व. वि. यु. नेता हुँदाको समय होस् अथवा ने. वी. संघको नेता हुँदा होस् यात अहिले कांग्रेसको केन्द्रिय सदस्य हुँदा होस् उनी संगठन भित्र राम्रो विचार र कार्ययोजनाको लागि नेतृत्वसंग लड्दै र भिड्दै आएका एक्ला व्यक्ती हुन् । राष्ट्रिय राजनीतिमा पार्टीको लाइन यो हुनुपर्छ भनेर विकट जिल्ला र गाउँमा गएर कार्यकर्ताहरुललाई सुसूचीत गर्ने भूमिकामा पनि उत्तिकै लाग्ने र खट्ने मात्र नभई अहिले सम्म कुनै गुट र उपगुट नजिक नभईकन आफनो राजनीतिक साख बचाउँदै आएका व्यक्ती हुन् ।

गुट र उपगुटको भर्याङ्ग चढेर माथि जानुको साटो आफनो क्षमता रोज्ने यीनलाई प्रत्येक महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यले यीनको असाधारण क्षमता पहिचान गर्नु जरुरी छ ।  उनीसंग पार्टीभित्र खर्च गर्ने सक्ने उर्जा छ । आज थापा गाउँ गाउँ पुग्दा कांग्रेस पार्टी प्रवेश गर्नेहरुको लहर चल्ने गरेको छ तर उनले यो विषयलाई मिडियाबाजी गर्दै हल्लाको विषय बनाउन रुचाउँदैनन् कारण नवप्रवेशीहरुको पार्टीप्रतीको भरोसा संगै आएको प्रश्न, असन्तुष्टि र गुनाशाहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सोच्ने गर्दछन ।

उनी गाउँ गाउँ पुग्दा असी वर्षका बृद्ध बृद्धा देखि सोर वर्षे तन्नेरीसम्म उनका कुरा सुन्न आउँछन् । यो नै उनले राजनीतिमा लागेर कमाएको एउटा विश्वाश, आशा र भरोशा हो । कार्यकर्ताको  यहि विश्वाश आशा र भरोशालाई मर्न नदिनको लागि र कार्यकर्ताको मनोभावना बुझेर नै उनले महामन्त्रीमा उमेदवारी दिएका हुन् ।

अब यो घडीमा प्रत्येक कार्यकर्ता, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य सबैले मनन गर्नुपर्ने कुरा के हो भने ‘म’ र ‘मेरो’ निर्णयले पार्टीमा परिवर्तन ल्याउन सक्छ र पार्टीलाई अगाडी बढाउँ सक्छ भने ‘म’ किन पछाडी हट्ने ? मौका पटक पटक आउँदैन, बगेको खोला फर्कंदैन र विशेष गरी व्यक्तीले व्यक्ती ‘छान्दा वा चुन्दा’ गर्ने आत्मनिर्णयलाई तुरुन्त परिवर्तन सकिंदैन ।

नेपाली कांग्रेसको महाधिवेशन पनि पटक पटक हुँदैन अर्को चार वा पांच वर्षमा हुने हो र पटक पटक एकै प्रवृत्ती भएकालाई नेतृत्वमा पुर्याउने अनि पछि थुक्क गर्दै पछुताउने काम यो पटक नगरौं । पार्टीमा योजना, विचार र नीति सहित  गर्छु भनेर आएको व्यक्तीलाइ विश्वाश गर्नु आज नेपाली कांग्रेसका कार्यकर्ताले विश्वाश गर्नु पर्ने क्षण यहि नै हो । देशभर चुनिएर आएका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु प्राय सबैलाइ थापाले चिन्दछन र सबै महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यहरुले थापालाई राम्रोसंग चिन्दछन यहि दुइ थरी ‘फ्याक्टर’को यो महाधिवेशनमा मिलन हुनु जरुरी छ ।

अंग्रेजीको लिडरशिप भन्ने शब्दसंग दुइ शब्दहरु जोडिएर आएका हुन्छन एउटा लिडर अर्को शीप यसलाई नेपालीमा शाब्दिक अर्थमा केलाउँदा नेता र डुंगा हुन्छ । नेता त्यो हो जसले पार्टीरुपी डुंगालाई सहि गन्तव्यमा पुर्याउँछ । अब सहि गन्तव्यमा पुर्याउने नेता रोज्ने की गन्तव्यहीन यात्रामा पार्टीलाई लैजाने नेता रोज्ने बेला यहि हो ।

फलामलाई तातेको बेलामा हिर्काइयो भने त्यसले सहि आकार लिन्छ तर चिसो फलामलाई हिर्काउँदा कुनै आकार दिंदैन । । त्यस्तै नेपाली कांग्रेसमा गगन थापा अहिले तातेको फलामरुपी व्यक्ती हुन् जसलाई सहि आकार दिने तपाईं हाम्रो जिम्मा हो ।

तपाईको प्रतिक्रिया