बागलुङका थानेश्वर सालैजु,गजल हुँदै रेखाको रामपियारी सम्म( भिडियो सहित)


बार्सिलोना / नेपाली सालैजु,लोक गीत संगीत देखि गजल सम्म चर्चा कमाएका गायक थानेश्वर गौतम रेखा थापाको राम पियारी सम्म आईपुगेका छन्। चार दर्जन भन्दा गीतहरुमा स्वर दिईसकेका बागलुङ गल्कोटका गौतमले रेखाको नयाँ चलचित्रमा समेत स्वर दिएका छन्।

 बहुप्रतिक्षित नेपाली चलचित्र रामपियारीको छमछम पाउजुहरु बोलको गीतमा गायक गौतमले संगीत तथा स्वर दिएका हुन्। उनलाई गायिका माण्डपी त्रिपाटीले पनि साथ दिएकी छन्। रेखा थापा,आभास अधिकारी,आस्मा डिसी,सबिन श्रेष्ठ लगायतका कलाकारहरु अभिनित चलचित्रको सो गीतले चर्चा बटुले गायक गौतमलाई नेपाली पाश्वगायनमा थुप्रै अबसरहरु मिल्ने आकलन गरिएको छ।

गौतमले शास्त्रीय  संगीतमा  एम ए. सम्मको अध्ययन पुरा गरिसकेका छन्। उनले मौलीक लोक गीतहरु र सास्त्रिय छन्दका गजलहरुमा उतिकै दख्खल राख्दै आबाजहरु भरेका छन्।  घुम्टेमुनी कौलेनी साइली (सालैजु),चोलियाको तुना सरक सरक् सर्काउदै (रोइला),बिर्सिएर सिङारमा गाजल लगाइनछ्यौ (गजल)  गौतमका चर्चित गीतहरु हुन्।

गौतमले गीत,गजल,मुक्तक ,कविता लेखनमा पनि उत्तिकै दख्खल राख्छन् भने संगीत समेत आँफै भर्ने र संकलन गर्ने गरेका छन्। गितार ,हार्मोनियम , मादल , मुरली , बांसुरी , सारंगी लगायत वाद्यवादनका सामाग्रीहरु पनि राम्रो सँग बजाउन सक्ने उनको कला छ।

तपाईको प्रतिक्रिया