स्पेनबाट गायक शिवाकोटीले भने,”आमा मेरी आमा”(भिडियो सहित)


बार्सिलोना/ प्रदेशको ठाउँमा आईपर्ने,कठिन पलहरुमा “आमा” को सम्झना आईहाल्छ। छोराछोरीका प्रत्येक दुखलाई हाँसी हाँसी स्विकार गर्दै खुशी दिने आमालाई सम्झेर,प्रबासमा बिलौना गर्नेको कुनै कमी छैन। देश छोडेर प्रबासमा रहँदा आफ्नो जन्मभूमि सँगै हरेक पल आमालाई याद गरिरहेका हुन्छन् लाहुरेहरु।

एकातिर साहुको ऋण अर्को तर्फ घर परिबार र आमाको सम्झना दोसाँधको जीन्दगी गुजारीरहेका परदेशीहरुको कथालाई गायक तुलसी शिवाकोटीले,”आमा मेरी आमा” भन्दै समेटेका छन् । बेलायत निबासी रोजी लाबुङ् राईको रचनामा रहेको गीतमा बिनोद बराईलीले संगीत दिएका छन् भने शिवाकोटीको स्वर रहेको छ। भिडियो निर्देशन भने स्पेन बिल्बाउ निबासी गंगाराम सापकोटाले गरेका छन्।

आफ्नो मुहार एल्बममा समाबेश गर्न लागिएको गीत, ५० लाख प्रबासी नेपालीहरुको कथा बनेको गायक शिवाकोटी बताउँछन्। उनले भने,” म पनि बिदेशिएको कलाकार,आमाबाट टाढा हुँदाको ब्यथा, जस्तो भोगेको छु त्यही यथार्थ सबै प्रबासी नेपालीहरुको नै हो,त्यसैले यथार्थ परक गीतलाई दर्शक स्रोता माँझ ल्याएको हुँ।”

स्पेनको बार्सिलोनामा बस्दै आएका गायक शिवाकोटीले प्रबासबाट नै यसअघि तिन बटा गीतहरु भिडियो सहित बजारमा ल्याईसकेका छन्। कस्तो भयो होला,तिम्रो मेरो प्रेम कहाँनि,पिपल पाते ओठैले जस्ता गीतहरु दर्शक माँझ ल्याई सकेका गायक शिवाकोटीले मुहार एल्बमको तयारी गरिरहेका छन्।

सबै रेकर्ड भएका गीतहरुलाई एकैठाउँमा समाबेश गर्दै छिट्टै नै “मुहार” एल्बम बजारमा ल्याउँने गायक शिवाकोटीले जानकारी दिए।