यी हुन् पौडेल समर्थक ४१ जिल्ला सभापतिहरु


नेपाली कांग्रेसका ४१ जिल्ला सभापतिहरुले आज हुने दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई सभापतिमा जिताउन आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

‘पार्टी, लोकतन्त्र, राष्ट्र एवं अग्रगमनका लागि यस निर्वाचनमा रामचन्द्र पौडेलको जित आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ । लोकतन्त्रका लागि अनवरत संघर्ष गरेको तथा सम्झौता नगरेको भन्दै पौडेलको पक्षमा विज्ञप्ति निकाल्नेमा काठमाडौं कांग्रेसका सभापति सबुज (कृष्ण) बानियाँ, रोल्पाका अमरसिंह पुन, कालिकोटका हर्षबहादुर बम, डोल्पाका टंकप्रसाद उपाध्याय छन् ।

यस्तै, बर्दियाका संजय गौतम, इलामका हिमालय कर्माचार्य, बाँकेकी किरण कोइराला, लमजुङका भेषबहादुर पौडेल, चितवनका जितनारायण श्रेष्ठ, खोटाङका नरेश कुमार श्रेष्ठ, मुगुका खड्गबहादुर शाही, ताप्लेजुङका लिला बोखिम, सल्यानका गणेश चन्द, रुकुमका प्रेमप्रकाश ओली, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, प्युठानका अमरप्रसाद भण्डारी, तनहुँका बैकुन्ठ न्यौपाने, जुम्लाका दिपबहादुर शाही, सुनसरीका राजीव कोइराला, धादिङका रमेश धमला, बैतडीका नरेन्द्रसिंह थापा तथा सुर्खेतका कमलराज रेग्मी छन् ।

यस्तै, तेह्रथुमका गोविन्दप्रसाद ढुंगाना, दैलेखका कृष्णबहादुर बिसी, पाँचथरका नरेन्द्र केरुङ, उदयपुरका विदुर बस्नेत, जाजरकोटका दीपकजंग शाह, सोलुखुम्बुका विनोद बस्नेत, काभ्रेका मधु आचार्य, कास्कीका कृष्णबहादुर केसी, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, भोजपुरका नन्दमणि राई, संखुवासभाका तारामान गुरुङ, अर्घाखाँचीका विष्णुप्रसाद खनाल, गुल्मीका भुवनप्रसाद श्रेष्ठ, पाल्पाका वीरबहादुर राना, मुस्ताङका याङ्जी विष्ट, दार्चुलाका ललितसिंह बोहरा, म्याग्दीका गम्भीर गर्बुजा, सिरहाकी सितादेवि यादव र नवलपरासीका सभापति विष्णुप्रसाद लामिछाने छन् ।

यी हुन् पौडेल समर्थक जिल्ला सभापतिहरु

Supperter-of-Rmachandra-Paudelcongress-jilla-savapati2congress-jilla-savapati1congress-jilla-savapati