आवाजको प्रिमियम सो फागुन २९ गते प्रदर्शन हुने


पोखरा/ऋषभ फिल्मस् पोखराको व्यानरमा निर्माण गरिएको सामाजिक सन्देशमुलक लघु फिल्म आवाजको यही फागुन २९ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रदर्शन हुने भएको छ ।

निर्माता युबहादुर पुन र यज्ञेश्वरी पुन रहेको उक्त फिल्मको निर्देशन ऋषभ फिल्मस्का अध्यक्ष एनजे सागर शाहले गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अगाडि दुई दर्जन भन्दा बढी म्युजिक भिडियोको छयाङ्कन गरिसकेको फिल्मस्ले झण्डै आठ लाख मूल्य बराबरको उच्च गुणस्तरिय फोके क्यामेराको प्रयोग गरेर तयार गरिएको हुनाले प्राविधिक हिसाबले उत्कृष्ट रहेको सो अवसरमा जानकारी गराइयो ।

दुई लाख ५० हजारको लगानीमा तयार गरिएको उक्त फिल्मको मुख्य कथावस्तु तमाम युवालाई सामाजिक क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलोस् भन्ने रहेको फिल्मका नायक तथा लेखक प्रविन पुनले बताए ।

उनले अधिकांश नेपाली युवाहरु आफ्नो सिर्जनशील समय कुलतमा लागेर खेर फाल्ने गरिरहेकाले उनीहरुलाई मनोवैज्ञानिक चिन्तनबाटै सकारात्मक बाटोमा ल्याई समाज परिवर्तनमा लाग्ने प्रेरणा प्रदान गर्ने उद्देश्यले नै यो फिल्म आवाज तयार गरिएको बताए ।

सम्मेलनमा आवाज फिल्म तमाम युवाहरुको, आफूलाई असल मार्गमा लगाउन चाहनेहरुको, समुन्नत समाज निर्माणको सपना देख्नेहरुको अनि फिल्म नगरी पोखरा सम्झेर फोर के क्यामेरा भित्र्याउनेहरुको आवाज भएकाले सबैको सहयोग आवश्यक रहेको निर्देशक शाहले बताए ।

अस्मिता बराल नायिकाको रुपमा रहेकी छन् भने अमित गुरुङ, मिथुन गुरुङ, अमृत गुरुङ, आनन्द गुरुङ, विवेश शम्शेर राणा, प्रमोद कुमार, विना गुरुङ, गणेश थपलिया, राजेन्द्र गुरुङले अभियन गरेका छन् । फिल्ममा क्यामरा मेन प्रकाश गुरुङ कास र असिम गुरुङले साउण्ड डबिङमा सहयोग गरेका छन् साथै सर्वज्ञमान शाक्यले पाश्व संगीत, मिक्सिङ र सम्पादन गरेको सो अवसरमा जानकारी गराइयो ।

फिल्मका निर्देशक सागर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पितम सेनले गरेका थिए ।