स्विटजरल्याण्डमा सुन्दासले ल्याए “नक्कली” (भिडियो सहित)


बार्सिलोना/ स्विटजरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ म्युजिक भिडियो “नक्कली” सार्बजनिक भएको छ। गायक सुन्दासको एल्बम “उड्न देउ” मा समाबेश गरिएको “नक्कली हो नक्कली, माया मेरो सक्कली” बोलको गीत सार्बजनिक भएको हो।

डा.विनय श्रेष्ठको रचना तथा कल्याण सिंहको संगीतमा रहेको गीतमा गायक सुन्दास र सम्पदा बानियाँले अभिनय गरेका छन्। बिशाल भण्डारीले निर्देशन गरेको सो गीतलाई दर्शकहरुले मन पराउँने गायक सुन्दास आशाबादी देखिएका छन्। यस अघि दर्शक माँझ ल्याएको “माया हो” बोलको गीत देश तथा विदेशमा लोकप्रिय बने पछि पनि गायक सुन्दासको आशा झन् बढेको हो। गायक सुन्दासको जादुमय स्वरले बिशेष गरी युरोपमा युवा पुस्ताको मनलाई तानेको छ।
“उड्न देउ” एल्बममा सुभास सुन्दास, डा. विनय श्रेष्ठ, प्रकाश क्षणिक, योगेन ढोली, रिमा विश्वकर्मा र अमित कार्की द्वारा लिखीत सात वटा गीतहरु समावेश गरिएका छन्।

स्टेज कार्यक्रममा सुन्दासको माग बढ्दो

आफ्नै आबाजमा रेकर्ड गीत संगीत बाहेक, बिभिन्न स्रष्टाहरुका गीतलाई पनि खुलेर गाउँन सक्ने प्रतिभावान गायक सुन्दासको लोकप्रियता युरोपमा बढ्दै गएको छ। स्विटजरल्याण्डमा हुने साँगितिक कार्यक्रम,बाहेक युरोपियन अन्य मुलुकहरुबाट समेत स्टेज कार्यक्रमका लागि माग बढे पछि उनको लोकप्रियता चुलिएको हो।

यसैबीच गायक सुन्दास आउँदो अप्रिलमा लाईभ म्युजिक धमाका नाम दिईएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउँन साईप्रस पुग्ने भएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गर्न लागेको कार्यक्रममा सुन्दासले सहभागिता जनाउँन लागेका हुन्।

केहि समय अगाडि डेनमार्कमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा गायक सुन्दासले संगीतको माहोललाई नेपथ्यमय बनाउँदै, चर्चा बटुलेका थिए।