अस्मी श्रेष्ठले, मिस नेपाल २०१६को ताज पहिरिन्


काठमाडौं । अश्मि श्रेष्ठ मिस नेपाल भएकी छन् । शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी हुन्।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।

मिस नेपालः अस्मी श्रेष्ठ
मिस नेपाल अर्थःरोशनी खत्री
मिस नेपाल इन्टरनेशनलःवर्षा लेखी
मिस ट्यालेन्टः श्रीजना रेग्मी
मिस कन्फिडेन्ट : रोशनी खत्री
मिस पर्सनालिटी : रोशनी खत्री