बार्सिलोनालाई जितिसकेको लिगा उपाधि फुत्कने डर,३ खेलमा मात्र १ अंक


बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पछिल्लो तीन खेलमा ९ अंक जोड्ने मौका गुमाएर मात्र १ अंक जोडे पछि बार्सिलोनालाई उपाधि फुत्केन डर भएको छ। लगातार दुई खेलमा हार तथा त्यो अघि बराबरी खेले पछि बार्सिलोनाले लगभग जितिसकेको उपाधि फुत्कने डर देखिएको हो।

बार्सिलोनाले भीयरिलसँग बराबरी खेल पछि,रियल मड्रिड र रियल सोसिडाडसँग लगातार हार ब्यहोरेको छ। पछिल्ला तिन खेलमा लिग लिडर बार्सिलोनाले अप्रत्यासित रुपमा ८ अंक गुमाएको छ। हारपछि बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ र लिगमा ६ खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको ७३ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ७२ अंक छ ।

शनिबार राति भएको खेलमा रियल सोसिडाडले लिग लिडर बार्सिलोनालाई १-० ले पराजित गरेको हो घरेलु मैदानमा भएको खेलमा उसका लागि पाँचौं मिनेटमा माइकल आयारजाबालले गरेको गोल नै निर्णायक बन्यो रियल सोसिडाडको घरेलु मैदानमा बार्सिलोनाले २००७ पछि जित्न सकेको छैन । पाँच खेल गुमाएको छ भने एक खेल बराबरीमा सकिएको छ ।