अनमोल केसीको पारिश्रमिक २० लाख रुपैयाँ


अनमोल केसी सर्वाधिक महंगो नायक बनेका छन् । एक नयाँ चलचित्रको लागि औपचारिक संझौता गरेपछि अनमोल नेपाली कलाकारमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायक बनेका छन् । उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् ।

द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । लगातार ४ वटा चलचित्र चलेपछि अनमोलको स्टारडम अहिले आकासिएको छ ।-onlinekhabar