नेपाली जनप्रगतिशील मञ्च स्पेनको सूचना


– नेपाली जनप्रगतिशील मञ्च स्पेनको सूचना

हामी नेपालीहरु आफ्नो समुन्नत र सम्बृद्ध जीवनको अभिलाषामा बिदेशमा आफ्नो श्रम / पसिना बगाऊछौ । आप्रबासी बसाई सबैकालागि असहज हुनु स्वाभाविक नै हो । फरक भाषा, शैली, व्यवस्था, नियम, कानुनको पूर्ण ज्ञानको अभाबमा बिदेशी दिनचर्या र जीवनयापन जटिल हुने गर्छ ।

आजका दिनसम्म स्पेनमा हामी नेपालीहरु झन्डै झन्डै १०,००० ( दश हजार ) को संख्यामा स्थायी / अस्थायी रुपमा बसोबास गर्दै आइरहेका छौ । हामीहरु संग सामान्य कानुनी प्रक्रियाहरुको बारेमा सामान्य ज्ञान पनि नहुदाँ सयौ युरो खर्चगरेर वकिलहरू संग छलफल गर्नुपरेको छ । यो समस्यालाई मध्यनजर गर्दै यसको समाधानका लागि हाम्रो संगठन नेपाली जनप्रगतिशील मंच स्पेनले महिनामा एक पटक वकिल संग कानुनी छलफल गर्ने कार्यक्रम गर्न गैरहेको कुरा यहाँहरुमा सहर्ष जानकारी गराऊन चाहन्छौ ।

हरेक महिनाको एक पटक कानुनविद संग छलफल गरेमा परिबर्तित कानुनको बारेमा हामीहरु सु-सुचित हुन पाइने हुँदा हाम्रा कानुनी काम कारबाहीहरु सहज हुने विश्वास हामीले गरेका छौ । स्पेनको भू-भाग भित्र बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरु यस कार्यक्रम बाट लाभान्वित हुने हुँदा सबैलाई सहभागिताको लागि हार्दिक अपिल गर्दछौ ।

स्पेनको बार्सिलोनामा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदि बहिनिहरुले आफ्ना जिज्ञाशा तथा समस्याहरुलाई निर्धारित समय र दिनमा मंचको कार्यालयमा उपस्थित भएर र बार्सिलोना भन्दा बाहिरका दाजुभाइ तथा दिदि बहिनि हरुले इमेल तथा टेलिफोन मार्फत आफ्ना जिज्ञासा तथा समस्याहरु राख्नसक्नुहुने छ ।

तपशिल :-
मिति :- १७ जुलाई २०१६ ( प्रथम दिन )
समय- दिनको ५.३० बजे
स्थान:- calle rocafort ५० ( nppf spain को कार्यालय )
इमेल :- nppfsp@gmail.com

नोट :- हरेक महिना समय र मिति परिबर्तन भएमा पुन: जानकारी गराउने छौ ।

अर्जुन आचार्य
महासचिब
नेपाली जनप्रगतिशील मंच स्पेन