लोकदोहिरी कलाकार देबी घर्ती मगर र याम क्षेत्रीले बेल्जियम नचाउँदै


बेल्जियम/ नेपाली लोक दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीले बेल्जियमबासी नेपालीहरुलाई नचाउँने भएका छन्। साँग्रीला समाज बेल्जियमको आयोजना आगामी जुलाई ४ तारिख हुने कार्यक्रममा बेल्जियमबासी नेपालीहरुलाई नचाउँन लागेका हुन्। नेपाली लोक दोहोरी कलाकारहरुलाई समेटेर युरोपमा सांगीतिक कार्यक्रम कम भईरहेका बेला गायिका घर्ती मगर र गायक क्षेत्रीलाई साथ दिन नेपाली समुदायको बाक्लो उपस्थिति रहने समाजले अपेक्षा राखेको छ।

दोहोरी गीत तथा बिबिध सांस्कृतिक “च्यारीटी” कार्यक्रम मार्फत नेपालको पर्वत जिल्लाको नाग्लीवाङ स्थित स्थानीय बिद्यालय लाई कम्पियुटर सहयोग गरिने समाजले जनाएको छ। नेपाली लोक सस्कृतिको संरक्षण तथा परोपकारी कामका लागि कार्यक्रम आयोजना गरिएकाले बेल्जियम स्थित संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागिता जनाई सफल पार्न समाजले अपिल समेत गरेको छ।

कार्यक्रम बारे थप बिबरण
मिति:- ०४ जूलाई २०१६ ( सोमबार )
समय:– साँझ ५ बजे देखि सुरु
स्थान:– Fonteinstraat 1/A, 3000 Leuven (चेस क्याफे)
प्रवेश शुल्क :- १२ युरो
आयोजक:- साँग्रीला समाज, बेल्जियम