डिफेण्डिङ च्याम्पियन स्पेनको शानदार जित,नकआउट चरणमा प्रबेश


पेरिस/ डिफेण्डिङ च्याम्पियन स्पेनले टर्की बिरुद्द शानदान जित हासिल गर्दै युरो कपको नकआउट चरणमा प्रबेश गरेको छ। शुक्रबार राति समूह ‘डी’ को दोस्रो चरणको खेलमा टर्कीलाई ३ -० को गोल अन्तरले पराजित गर्दै स्पेनले समूहको १ खेल अगावै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

स्पेनका लागि मोरताले ३४ औ र नोलितोले ३७ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा नै २-० को अग्रता दिलाएका थिए। यस्तै ४८ औ मिनेटमा मोरताले गोल गर्दै स्पेनलाई ३-० अग्रता सँगै जित सुनिश्चित गरे।13418478_1157824930937018_3491382639820774679_oसमूहको पहिलो खेलमा क्रोएशियासँग पराजित टर्की स्पेनसँग पनि हार व्यहोर्यो। पछिल्लो ६२ बर्षदेखि स्पेन टर्कीसँग अपराजित छ । सन् १९५४ मा विश्वकप छनौट चरणमा १-० गोलले विजयी भएयता टर्कीले कुनैपनि खेलमा स्पेनलाई पराजित गर्न सकेको छैन।

पछिल्लो पटक सन् २००९ मा भएको भेटमा स्पेनले टर्कीमाथि २-१ गोलको जित निकालेको थियो । स्पेनले टर्कीसँग भएका यस अघिका १० खेलमा ५ खेलमा जित निकालेको छ भने ४ खेलमा बराबरीको नतिजा निकालेको थियो।

 

13442570_1157825847603593_1534447864652344840_o13412181_1157872577598920_5662547125435924183_o13422381_1157824584270386_1023249396298506489_o