अख्तियार प्रमुख कार्की युरोपमा, फ्रान्स र ईटलीका उच्च अधिकारीहरूसँग भेटबार्ता


बार्सिलोना / भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरूको निमन्त्रणामा युरोप भ्रमणमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भेटबार्ता र छलफलमा ब्यस्त बनेका छन्। प्रमुख आयुक्त कार्कीले फ्रान्स र ईटलीका उच्च पदस्थ ब्यक्तिहरुसँग भेटबार्ता गरेका हुन्।

गत साता फ्रान्सको भ्रमणको क्रममा कार्कीले पेरिसस्थित संसद भवनमा सांसद फ्राँस्वा लबोर्देसँग भेटबार्ता गरेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका थिए। उनले त्यस अघि आर्थिक सहयोग तथा विकास सम्बन्धी संस्था (ओइसिडी) की उपमहासचिव तथा फिनल्यान्डकी पूर्व प्रधानमन्त्री मारी किभिनिएमीसँग भेटवार्ता गरे।

13393941_1237641232915470_5830017688647462692_nफ्रान्सेली विदेशमन्त्रालयकी महानिर्देशक आन मारी देकोतेसँग पनि कार्कीको भेटघाट तथा कुराकानी भएको फेसबुक मार्फत जनाएका छन्। त्यसैगरी कार्कीले पेरिसस्थित भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रीय सेवा (एससिपिसी) की प्रमुख जेभियर सिमिओनीसँग भेटघाट गरे। यसैबिच प्रमुख आयुक्त कार्की पेरिस स्थित नेपाली राजदुताबासमा पुगेर,राजदूत अम्बिका मानन्धर लुईटेल,उप नियोग प्रमुख रामबाबु ढकालसँग पनि छलफल गरेका थिए।

हाल ईटली भ्रमणका क्रममा रहेका प्रमुख आयुक्त कार्कीले इटालेली न्याय राज्यमन्त्री कोसिमो फेरीसँग भेटघाट गरेका छन्। न्याय राज्यमन्त्री फेरीसँग द्विपक्षीय मामिला तथा भ्रष्टाचार नियन्त्रणका विषयमा कुराकानी भएको भनी प्रमुख आयुक्त कार्कीले उल्लेख गरेका छन्।

यस्तै ईटलीका एन्टी करप्सन नेशनल अथोरेटीका अध्यक्ष राफाल्ले कानटोन्ससँग रोममा शिष्टाचार भेट गरे। भेटका अवसरमा कानटोन्सले ईटलीमा सरकारी कार्यालयहरु र विशेष गरी सार्वजनिक खरिदमा हुने कारोवारहरुलाई जांचपडताल गरी पारदर्शिता कायम गर्न जोड दिईने गरेको बताए।

13450915_1238117222867871_1341855238520051926_nभेटका क्रममा प्रमुख आयुक्त कार्कीले नेपालको भ्रष्टाचार नियन्त्रण सम्बन्धि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनसन्धान आयोग भ्रष्टाचारजन्य कसुर, अख्तियारको दुरुपयोग र सार्वजनिक क्षेत्रमा हुने अनियमित कार्यहरु उपर अनुसन्धान तहकिकात गरि विशेष अदालत समक्ष मुद्दा दायर गर्न सक्षम, स्वतन्त्र र अधिकारसम्पन्न रहेको जानकारी गराएका छन्। सो अवसरमा ईटलीस्थित नेपाली कन्सुलर,जेनेभास्थित नेपाली दुतावासका प्रतिनिधि लगायत नेपाली प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो ।

13434847_1238117402867853_2549648156497807863_n13417634_1238476886165238_8382653989485097137_n13418780_1238117306201196_7078738583759008699_n