बिश्व साइकलयात्रीसँग कार्यक्रम बारे, एनआरएनए स्पेनको सूचना


समाज शान्ति! देश शान्ति !! विश्व शान्ति!!! “पुरै पृथ्वी एउटा घर , सबै मान्छे एकै मानव ” ‘ दीगो शान्ति र सच्चा मानबता सबैले बुझैं संसारकै आवश्कता ‘ नारा लिएर नेपाली पोशाक,राष्ट्रीय झण्डा र शान्तिको झण्डाका साथ सागरमाथा नेपालमा छ , भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्दै नेपाललाई नजिकबाट चिनाउन ११ बषं ६ महिनामा १२८ देशको साइकलबाट भ्रमण गरी सक्नुभएका बिश्व साइकलयात्रीद्वय जनार्दन खनाल तथा लोक बन्धु कार्की स्पेनको बार्सिलोनामा आईपुग्नु भएको जानकारी गराउदछौ।

बार्सिलोनामा बस्ने नेपाली समुदायसँग भेटघाट, अनूभव तथा केही सहयोगको लागी अनुरोध गर्नुभएको हुनाले यहाँ स्थित सम्पूर्ण संघसंस्थाका अध्यक्षज़्यू,आईसीसी, एनआरएनए स्पेन कार्यसमितिका सम्पूर्ण पदाधिकारी,सल्लाहाकार,पत्रकार  तथा सम्पूर्ण नेपाली समुदायलाई निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

मिति : २५/०६/२०१६
समय: साँझ  ५:०० बजे
स्थान:CARRER GRASSOT ८४/८६ (एन आर एन ए स्पेनको कार्यलय)

सचिब,
सुनिल रानाभाट,एनआरएनए स्पेन