लोक दोहोरी भाकाले घन्कियो पेरिस


पेरिस/  फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ। गायिका देवी घर्ति मगर,गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरी मय बनाएका हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको प्रथम अधिवेशनको अवसरमा आईतबार पेरिसमा कार्यक्रमको आयोजना गरिएको थियो।

लोक दोहोरी गायिका घर्तिले ‘जिम्बाल बा को आगनी’, ‘गल्कोटे माया’ लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए। याम क्षेत्रीले ‘शितल दिने पिपल समी छ’, ‘माली गाइको दहि मिठो’ लगायतका चर्चित गीतहरु प्रस्तुत गरे।  गायिका सुमी घिमिरे सापकोटा, बिनिता लामिछाने र याम क्षेत्रीको दोहोरीले कार्यक्रमको अन्त्य तिर झनै दर्शकहरु झुमेका थिए ।

फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ,युरोप संयोजक कुल आचार्य लगायतको सहभागिता रहेको थियो।  कार्यक्रममा लोकदोहोरी गायिका घर्ति मगर,गायक क्षेत्री र फ्रान्समा जन्मेर पनि नेपाली गीतमा सक्रिय आन्नी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पहिलो अधिबेशनबाट अध्यक्षमा सुमी

युरोप शाखाको पहिलो अधिबेशनबाट अध्यक्षमा स्पेनकी सुमी घिमिरे सापकोटालाई सर्बसम्मत निर्बाचित भएकी छन्। गायिका घिमिरे तदर्थ समितीको पनि अध्यक्ष थिईन्। यस्तै कार्यसमितिको वरिष्ट उपाध्यक्षमा भगवान भुजेल, प्रथम उपाध्यक्षमा नबिन भट्टराई, दिप्तिय उपाध्यक्षमा पूर्ण अर्याल, महासचिबमा शिव सुबेदी चयन भएका छन्।unnamed-31सचिबमा दिपक बुढाथोकी मगर र सुबास चन्द्र पुन मगर, कोषाध्यक्षमा बिनिता लामिछाने, सह–कोषाध्यक्षमा शम्भु शिलवाल, प्रवक्तामा जे.बि. ओली चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरुमा इमान बुढा मगर (पोर्चुगल), रुक्मिणी भट्टराई (फिनल्याण्ड), कुल मगर (बेल्जियम), बिनोद भण्डारी (फिनल्याण्ड), बिनोद मगर (पोर्चुगल), सिता सुबेदी (नर्वे), तेज गाहा मगर (पोर्चुगल), लिल गुरुङ (पोर्चुगल), अंकिता घर्ति मगर (पोर्चुगल), वैगुण्ठ रायमाझी (चेक रिपब्लिक), बोधराज खनाल (नर्वे), प्रेम गुरुङ (पोर्चुगल), विष्णुकुमारी तिमिल्सिना (फ्रान्स), भुवन अछामी (स्पेन) र दुर्गा थापा (पोर्चुगल) रहेका छन् ।