बार्सिलोनामा सुन्दास प्रेम,“वान्स मोर….वान्स मोर”


बार्सिलोना/ युरोपका चर्चित गायक सुभास सुन्दासले बार्सिलोनालाई संगीतमय बनाएका छन्। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सवको बिशेष समारोहमा बिशेष प्रस्तुति राख्दै सुन्दासले दर्शकको मन जितेका हुन्। स्बिजरल्याण्डबाट उनि सँगै आएका संगीतकार रामु परियार,स्पेनका सन्जय बिक्रम शाह र बिपिन गुरुङले लाईभ प्रस्तुति राख्दा बार्सिलोनाको माहोल तातेको थियो।

गायक सुन्दासले आफ्नो एल्बम “उड्न देउ” केहि गीतहरु सुनाए भने बाँकी नेपाली चर्चित गीतहरु नै प्रस्तुत गरे। नेपथ्यका गीतहरु गाउँदा बार्सिलोनाका दर्शकहरुले अमृत गुरुङको झल्को मेटाए। पटक पटक दर्शक दिर्घाबाट  “वान्स मोर वान्स मोर” को आवाज गुञ्जिएको थियो।

उनि यूरोपको नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन्। संगीतकार रामु परियारको स्विटजरल्याण्ड बसाई एक बर्षमात्र भएपनि छोटो समयमा नै संगीतिक क्षेत्रमा स्थापित हुन सफल भएका छन्। सुन्दास र परियारको टिमले दर्शकहरुलाई थाक्ने गरी नचाए।

13654307_644956192346620_6907388450235121087_nगायक सुन्दासले भने,” बार्सिलोनाका दर्शकहरुको हुटींग र मायाले मलाई तानेको छ। अब छिट्टै मेरो एकल प्रस्तुति लिएर आउँने सोच बनाएको छु।” गायक सुन्दासले दर्जन बढी गीतहरु सुनाउँदै दर्शकहरुलाई मनोरन्जन प्रदान गरे।

कार्यक्रम अबधि भर सुजल भण्डारीको हास्य प्रस्तुति सबै भन्दा चर्चित बन्यो। भण्डारीले दर्शकहरुलाई पेट मिचिमिची हँसाए। लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटा,गायिका समी गुरुङ, विष्णु रानाभाटले सांगीतिक कार्यक्रम प्रस्तुत राखे। यस्तै अजय लोप्चन,डिक कार्कीको गीति नाटक लगायत सुस्मिता गिरी, दिब्या भण्डारी र सोनिया खत्रीले आकर्षक नृत्यहरु प्रस्तुत गरे।13645350_644951662347073_3640798993140000292_nनेपाली पाठशाला स्पेनका बालबालिकाहरु सुर्के थैली बोलेको गीतमा नाच्दा दर्शकहरुले बालबालिकाहरुलाई खुलेर प्रशंसा गरे। सम्भवत: बालबालिकाहरुले प्रस्तुत गरेको नृत्य मध्ये,अहिले सम्मकै उत्कृष्ट नृत्य रहेको केहिले प्रतिक्रिया समेत दिएका छन् 13669568_10157036985175567_1323110957704256406_n 13626381_10157036976220567_136271907738043578_n 13659135_10157036999105567_2815834601684467924_n 13659089_10157036970950567_2553982488456160163_n 13606975_10157036988765567_3404295242884970633_n 13606483_644956732346566_2296816824138895420_n 13620877_644956429013263_8718738455502243217_n 13620174_644954879013418_6444696530877405121_n 13619950_644951669013739_8300359249814139295_n 13658979_644951675680405_8129613245014840056_n

 

13592188_1211339638900194_3878584609627084691_n 13697140_1211339645566860_7919371104942142262_n