युरोपमा बनेको अहिले सम्मकै उत्कृष्ट नेपाली म्युजिक भिडियो


बेल्जियम/ युरोपमा सम्भवत अहिले सम्म कै उत्कृष्ट नेपाली उत्कृष्ट नेपाली म्युजिक भिडियो बनेको छ। अत्याधुनिक ड्रोनको साथै ४के क्यामेरा प्रयोग गर्दै भिडियो तयार गरिएको हो। चर्चित गायक तथा नायक  बाबु बोगटीको “थोरै थोरै” बोलको गीतलाई  ईटलीको भेनिस शहरमा  छायांकन गरिएको छ।

युरोपकै चर्चित शहरमध्ये एक मायाको शहर तथा पानीमाथिको शहरको नामले चर्चित भेनिसमा छायांकन गरिएको सम्भवत यो पहिलो नेपाली गीत हो । बिदेशमा छायांकन गरेर भिडियो निकाल्ने प्रचलन बढेको भए पनि  गुणस्तर आउँन नसकिरहेको बेला “थोरै थोरै” गीतको भिडियो नमुना बन्न सकेको छ। गीतको छायांकन भेनिस लगायत फेसन सिटिको नामले परिचित मिलान र बेल्जीयमको ब्ल्याङकेनवर्गमा समेत गरिएको छ ।

केसीले लगत्तै अब डच गीतमा पनि  निर्देशन गर्ने भएका छन्। पछिल्लो समय नेपाली गीत  बिदेशमा छायांकन गर्ने प्रचलन बढेको भए पनि गुणस्तर आउँन नसकिरहेको बेला “थोरै थोरै” गीतको भिडियो नमुना बन्न सकेको छ। भिडियो छायांकनमा अत्याधुनिक ड्रोनको साथै ४के क्यामेरा प्रयोग गरिएको छ ।

जिएम प्रधानको शब्द तथा मोहीत मुनालको संगीत रहेको गीतको भिडियो निर्देशन, छायांकन तथा सम्पादन उज्वल केसीले गरेका छन् । उज्वल केसी नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्यूजिक भिडियो निर्देशनमा चिर परिचित छन् ।

तुलसी ईन्टरटेन्मेण्टद्धारा निर्माण गरिएको भिडियोमा नवकलाकार (बेल्जीयम निवासी) शान्ती भट्ट, ज्योति भट्ट तथा फजिल खानको मुख्य अभिनय रहेको छ। बाबु बोगटीको पाँचौ एल्बम “रेस्पेक्ट”मा यो गीतलाई समावेश गरिएको छ ।

 

तपाईको प्रतिक्रिया