शिब परियार एकल साँझ सम्पन्न,बालबालिकाको लागि २ लाख ५० हजार जुट्यो


बसन्त रानाभाट ,बार्सिलोना / बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ शिब परियार “एकल साँझ” सम्पन्न भएको छ। फेमिलिया दे हेटौडाको आयोजनामा चर्चित गायक परियारको एकल साँझ  आईतबार बार्सिलोनामा सम्पन्न भएको हो।

बिना पारिश्रमिक निशुल्क: रुपमा बालबालिकाहरुको सहयोगार्थ रकम जुटाउँन बार्सिलोना आएका गायक परियारको साँझबाट करिब २ लाख ५० हजार रुपैयाँ बचत भएको छ। परियारको एकल साँझबाट बचत भएको रकम हेटौडामा रहेका बौद्दिक अपांगता भएका नेपाली बालबालिकाहरुको स्कुल निर्माणका लागि खर्च हुने भएको छ। स्पेनिस युवती आईना बार्काले तिनै बालबालिकाको लागि हेटौडामा संचालन गरेको एक शैक्षिक परियोजनाको सहयोगार्थ साँगितिक कार्यक्रम गरेकी हुन्। 13775897_1219982878035870_4278553405729138023_nसंगी डुब्दै छु तिम्रो यादमा, अलिकति नजर तिम्रो, नभेटी नभेटी,पागल बनायौ प्रिय,क्या दामी भो,पिलायौ साथिले,कहाँ थियौ रंग मञ्च देखि रुपौली रानी,माया देउ,पार्वती पार्वती,रोसी खोला,गालैको कोठी, छड्के तिम्रो नजरले,क्या दामी भो,पिलायो साथिले लगायतका  २ दर्जन बढी गीतहरु  गायक परियार सुनाए। २ घण्टा भन्दा पनि बढी समय लगातार रुपमा प्रस्तुति राख्दै उनले दर्शकहरुको मन जिते।

गायक परियारले बौद्दिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ कार्यक्रमबाट रकम संकलन भएकोमा  खुशी ब्यक्त गरेका छन्। उनले भने,” विदेशबाट एउटी स्पेनिस चेलीले हाम्रै देशमा पुगेर बालबालिकाहरु सघाईरहेको देख्दा मेरो मन छोएको हो,उनलाई  नेपाली समुदायले पनि हौसला दिन सफल भएका छौ।”IMG_5221-2यस अघि हेटौडामा नै पुगेर बालबालिकाहरुसँग भेटेपछि गायक परियारलाई अर्थ पूर्ण सहयोग गर्ने मन जागेको बताउँछन्। परियारले भने,”बालबालिकाहरुलाई हेर्दा त्यति नै बेला खल्तीमा भएको १०-२०  हजार दिन सकिन्थ्यो होला तर अर्थपूर्ण सहयोगको भाबना आयो त्यसैले युरोप आउँदा स्पेनमा निशुल्क कार्यक्रम गर्ने वचन दिएको थिए।”

हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक आईनाले नेपाली समुदायको ठुलो साथ पछि आँफूलाई ठुलो हौसला मिलेको बताईन्। उनले भनिन्,” स्पेनमा रहेका सम्पूर्ण संघ सँस्था,प्रायोजक लगायत नेपाली समुदाय र गायक परियारलाई बिशेष गरी धन्यबाद दिन चाहान्छु ,यसले मलाई नेपालका लागि अझै केहि गर्ने प्रेरेणा मिलेको छ।”

बार्सिलोना स्थित नेपाली अवैतानिक बाणिज्य दूत लुईस बेल्बिसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली पाठशाला स्पेन,स्थानीय कलाकार,नाटाराज ग्रुपको समेत प्रस्तुति रहेको थियो। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले शुभकामना ब्यक्त गरे भने कार्यक्रमको संचालन सुबास बहादुर बिष्टले गरेका थिए।

तस्बिर:- सुबास बहादुर बिष्ट IMG_6039-2 IMG_6047-2 IMG_5857-2 IMG_5840-2